काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनको यो कमद संविधानको भावना र मर्म विपरीत भएको संविधानविद्हरुको भनाई छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रपति पौडेलको यो कदमलाई भारतलाई रिझाउन चालिएको राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन् । पौडेलको यो निर्णयविरुद्ध आफूहरुले सर्वोच्चमा रिट निवेदन लौजाने तयारी गरेको उनले बताए । भोलि सर्वोच्च खुल्नेवित्तिकै रिट निवेदन दर्ता गराउने उनको दाबी छ ।
‘विदेशीहरुलाई खुसी पारेर शासन सत्ता टिकाउने, नेपाली नागरिकहरुलाई शोषण गर्ने र नेपालीहरुलाईलाई अल्पमतमा पार्ने खेल भइरहेको छ । यसको परिणाम गम्भीर हुनसक्छ । हामी यो कदमलाई चुनौति दिन्छौं । हामी भोलि नै सर्वोच्चमा रिट निवेदन लिएर जाँदैछौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने । – आर एन