केशबराज ज्ञवाली अर्घाखाँची डटकम
नेपाली काङ्ग्रेसको जनता संग कांग्रेस अभियान सन्धिखर्क ७ को डिहिडाडामा अनतरकृया गर्दै सम्पन्न भएको छ । जनता संग रुपान्तरित कांग्रेस अभियान अन्तर्गत सन्धिखर्कको वार्ड नम्बर ७ मा वार्ड स्तरिय भेटघाट कार्यक्रम गरिएको हो । भेटघाट र अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसको अवको बाटो , पार्टी प्रती जनताको मोह कसरी कायम गर्ने ? युवाहरुलाइ काङ्ग्रेस प्रती बिस्वास जगाउने सन्दर्भमा चर्चा गरिएको हो । कार्यक्रममा पार्टी राजनितीलाई जनताको जिवनयापन र आर्थिक समृद्धि संग जोड्न पर्ने धारणा पनि वक्ताहरुको रहेको छ । अब देशले सिद्धान्त र भाषण नभै बिकास र समृद्धि खोजेको बेलामा राजनितिक र सैद्धान्तिक भासण मात्र गरेर जनताले पत्याउने अवस्था नरहेको पनि बक्ताहरुले बताए ।
नेपाली काङ्रेसका प्रदेश , जिल्ला स्तरिय नेता सम्मिलित उक्त कार्यक्रमको शहजिकरण काङ्रेस अर्घाखाँची ख का छेत्रीय उपसभापती कृष्णलाल पुरी र स्वागत भाषण जिल्ला समिती सदस्य गोपाल प्रसाद भुसालले गरेका थिए ।
जनता संग रुपान्तरित काङ्ग्रेस भन्ने मुलनाराका साथ नेपालि काङ्रेसले संगठन बिस्तार तथा सुधृढिकरण अभियान २०८० देशभर चलाइरहेको छ । सोही अभियान अन्तरगरत अर्घाखाँचीमा पालिका स्तरिय कार्यक्रम गरिसकेको काङ्रेसले वार्ड स्तरिय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम जारी राखेको छ ।