दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा पठनपाठन बन्द गर्न थालिएको छ ।
दाङका अधिकांश स्थानीय तहहरुमा विद्यालयमा छुटटी दिइसकिएको छ भने बाँकी स्थानीय निकायहरुले पनि पठनपाठन बन्द गर्न भनेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले जेठ २६ गते देखी ३० गते सम्म विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरेको छ ।
यस्तै, लमही नगरपालिकाले जेठ २८ गते देखी असार १ गतेसम्म विद्यालय बन्द गर्ने सूचना निकालेको छ । गढवा गाउँपालिकाले जेठ २५ गते देखी २९ गते सम्म विद्यालय छुट्टी दिएको छ ।
यस्त,ै राजपुर गाउँपालिकाले जेठ २६ गतेबाट ३० गतेसम्म छुट्टी दिएको छ भने राप्ती गाउँपालिकालले जेठ २४ गतेदेखि नै बिदा दिएको छ ।
गर्मी नघटे विद्यालयको बिदा अझै बढाइने र वर्षे बिदाबाट समायोजना गरिने स्थानीय निकायहरुले बताएका छन् ।