सिओलमा आयोजित बीस मुलुक समूहका नेतागणको सम्मेलन आज दिउँसो सम्पन्न भयो। यस सम्मेलनमा “सिओलमा बीस मुलुक समूह शिखर सम्मेलन घोषणा-पत्र” पारित भएको छ।
उक्त घोषणा-पत्रमा सम्मेलनमा उपस्थित विभिन्न मुलुकका नेतागणले “सिओल कार्वाही योजना” पारित गरेर साझा लक्ष्य साकार गर्नका लागि सहयोगात्मक कदम चाल्ने विषयलाई स्वीकार गर्नुभएको कुरा जनाइएको छ। अर्थतन्त्रको क्रमशः पुनर्विकास र वृद्धि निश्चित गर्न र बैङ्किङ बजारको स्थिरतालाई माथि उकास्नका लागि विभिन्न मुलुकले समग्र अर्थतन्त्र नीति लागु गर्ने वचन उक्त योजनामा दिइएको छ।