मानब जातिको यो निरन्तरताको क्रम यसरी अस्तित्वमा रहिरहनका लागि महिलाले नै महत्वपुर्ण भूमिका खेलेको छ । शायद यदि महिला नहुने हो भने यो सृस्टिको निरन्तरताको क्रम नै सम्भब छैन यधपी आजको यस स्थितिसम्म आइपुग्नका लागि बिस्वमा नै यिनीहरुले बिभिन्न संघर्स गर्दै आएका छन् । ईतिहासको कालखन्ड देखि नै महिलाहरु प्रजनन अधिकार, घरेलु हिम्सा, समान ज्याला, भोटिङ राइट, लैङिक बिभेद आदिजस्ता सम्स्याहरुका लागि संघर्स गर्दै आएका छन् । समाज र मानब अस्तित्वका लागि महत्वपूर्ण भूमिका निभाए पनि यिनीहरुको भुमिकालाई जहिले पनि गौणरुपमा लीएको छ, त्यसैले महिलाहरु आन्दोलन गर्न वाध्य भएका हुन् । बिस्वमा महिलाहरुले गरेको सङघर्सको चरणलाई तीन चरणमा उल्लेख गर्न सकिन्छ ।
प्रथम चरणमा १८ देखि २० आौ शताप्दीको अवधीमा महिलाहरुले सामाजिक न्याय र समानताको लागि लडाईं गरेका थिए । दोश्रो चरण सन् १९५० देखि १९८० को अवधीलाई मानिएको छ र यस अवधिमा यिनीहरुले राज्यको कानुनमा भएका लैगिक बिभेदका लागि संघर्स गरेका थिए । अहिलेको समय भनेको तेश्रो चरणको समय हो र यस चरण १९९० देखि अहिलेको समयलाई लीइएको छ । यो समय सम्म आइपुग्दा विश्वमा नै बिभिन्न परिवर्तन आएका छन् र महिला अधिकारको सन्दर्भमा महत्वपुर्ण उप्लप्धीहरु भएका छन् । बिस्वका बिकसित देशहरुमा पनि महिलाहरुले बिभिन्न समयमा बिभिन्न आन्दोलन पस्चात मात्र आफ्नो अधिकार प्राप्त गर्न सफल भएका हुन् । अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा पनि सन् १९२० अर्थात आजभन्दा ९० बर्ष अघि मात्र संबिधानको १९ आउ सँशोधनबाट यहाँका महिलाहरुले भोटिङ अधिकार पाएका थिए ।
सो परिणाम निस्कनका लागि कयैन महिलाहरु जेल नेलको बन्दी हुनु परेको थियो । Newzealand बिस्वमै पहिलो देश हो जसले सन् १८९३ मै आफ्ना सम्पुर्ण नागरिकलाई भोटिङ अधिकार प्रदान गरेको थियो तर महिलालाई त्यहाँको ब्यबस्थापिकामा आउन सन् १९३६ सम्म कुनै अधिकार थिएन । महिला अधिकारको सवालमा विश्वमा नै प्रथम राष्ट्र फिनलैन्ड हो जसले सन् १९०६ मै महिला लगायत सम्पुर्ण नागरिकहरुलाई भोटिङ अधिकारका साथै अन्य अधिकारहरु प्रदान गरेको थियो । यी याबत परिणामहरुका लागि महिलाहरुले आन्दोलन गर्नु परेको थियो, बिस्वमा नै महिलाहरु आफ्नो अधिकारको लागि लडेका छन् र यो लड्ने क्रम याबतरुपमा चलिरहेको छ । नेपालको महिला आन्दोलनलाई नियल्दा सन् १९९० अर्थात प्रजातन्त्रको पुनस्थापनादेखी सशक्तरुप्मा अघि बढेको पाईन्छ । महिला सशक्तिकरणका लागि बिभिन्न समयमा बिभिन्न प्रावधानहरुको पनि ब्यवस्था भए । त्यसैको परिणाम अनुसार नै अहिले नेपालको राजनितिक र प्रशासनिक निकायहरुमा महिलाहरुको उपस्थिती फस्टाएको छ । अबको प्रसँग आदिवासी जनजाती महिलाको छ ।
आदिवासी महिलाहरु पनि बिभिन्न संगठनमा सङगठित भएका छन् । नेपालमा आदिवासी जनजाती महिलाहरुका संस्था धेरै सशक्त भैसकेको छ भने नेपाली आदवासी महिलाहरुको संस्था बिदेसमा पनि फस्टाउन थालेको छ । महिला अधिकारका लागि लड्ने बिभिन्न सँघ संस्था हुदाहुदै किन यिनीहरुलाई बेग्लै संस्था चाहियो, यो भनेको सम्प्रदायिक सोचाइ हो या त फुट ल्याउने कुरो हो भन्ने कतिको भनाइ या सोचाइ रहेको पाईन्छ । बिस्वमा ३७० मिलिओन आदिवासीहरु छन् भने यसको ५० प्रतिशत महिलाहरु रहेको तथ्याँकले देखाउछ । बिस्वमा नै आदिवासीहरु सबैभन्दा उत्पिडित जातिहरु हुन् भने आदिवासी महिलाहरु दोहोरो बिभेदको शिकार भएका छन् । पहिलो महिला भएको हैसियतले त दोश्रो आदिवासी महिला भएको नाताले । विश्व महिला आन्दोलनले महिलाका अधिकारका लागि जतिसुकाइ वकालत गरे पनि यो आन्दोलनले आदिवाशी महिलाहरुको सन्दर्भमा आवाज उठाउन सकेको छैन ।
आदिवासी जनजाति जनजाती महिलाहरुमा अन्य महिला भन्दा प्रिथक गुणहरु छन् भने यिनीहरुसँग आफ्नै ज्ञान, सिप र कला छन् । यिनीहरुसँग भएको यही परम्परागत ज्ञान र सिपका कारण बिभिन्न किसिमका खानेकुराहरु बनाउन सक्छन् उदाहरणको रुपमा किनीमा, मार्च र यङ्बेनलाई लिन् सकिन्छ ।
अर्को सिपको रुपमा यिनीहरुले तयार पर्ने राडी, पाखी, कपडालाई लिन सकिन्छ तर अहिले बिस्वब्यापिकरण र उदारीकरणका कारण यी सिप र कलाहरु ओझेलमा परेका छन् । बिदेशबाट आयात गरिएका चिजहरुले यिनीहरुले उत्पादन गर्ने समानहरुलाई पुर्णरुपमा प्रतिस्थापन गरेको छ भने यिनीहरुको ज्ञान र सिप लोप हुने अवस्थामा पुगेको छ । आदिवासी जनजाती महिलाहरुको अर्को पाटो भनेको यिनीहरुको भाषा, सन्स्कार र संस्क्रिती हो, यिनीहरु पछि पर्नाका कारण राज्यले यिनीहरुको पहिचान र अस्तित्वलाई नस्विकार्नु हो र यिनीहरुको ज्ञान सिप र कलालाई सम्रश्य्ण र सम्बर्धन गर्न नसक्नु हो । यी कुराहरु अन्य महिलाका भन्दा प्रिथक कुराहरु हुन त्यसैले महिलामात्र भन्दा आदिवासी महिलाहरुको सम्बोधन हुन सक्दैन । बिस्वमा नै आदिवासीहरुको भाषा लोप हुने क्रम तिब्र बडिरहेको छ त्यसैले यी याबत समस्याहरु यिनीहरुको चुनौतीको बिषय हो । बिस्वमा महिला आधिकारका लागि भएका राजनितिक, आर्थिक र सामाजिक संघर्सहरु महिला आन्दोलनका प्रमुख पाटो हो भने आदिवासी जनजाती महिलाका लागि आफ्नो अस्तित्वको लडाईं अर्को प्रमुख बिषय हो । महिला भन्ने बित्तिकै परिवारमा आमालाई जनाउछ । एउटा परिवारमा आमा जति सिक्ष्यित हुन्छन् सन्तानको सुख र सम्रिदी त्यसैमा निहित हुन्छ । त्यसैले आदिवासी महिलाहरु आफ्नो अधिकार र पहिचानको बारेमा जति सचेत हुन्छन् त्यतिनै आफ्नो सन्तानलाई सचेत बनाउन सक्क्षम हुन्छन् ।
एउटा परिवारमा जबसम्म आमा सामाजिक रुपमा परिचित हुदैन तब्सम्म छोराछोरीमा त्यो चेतनाको बिकास जटिल हुन्छ । आफ्नो देश भन्दा बाहिर रहेका आदिवासी महिलाका लागि आफ्नो परिवार र नयाँ सन्तानलाई कसरी आफ्नो भाषा र सन्स्कार सिकाएर यसको सम्रछन गर्ने भन्ने सवाल महत्वपुर्ण छ । हेर्दा एकदम सानो लाग्ने यो बिषयमा आज हामी सचेत हुन सकेनाउ भने भोली फेरि एकादेशमा हाम्रो पनि एउटा आफ्नै भाषा थियो अरे सस्कार थियो अरे भन्ने समय आइपुग्न सक्छ ।
अर्को एउटा बिषय अझाइ जिउदै छ त्यो हो लैङिक बिभेद, हुनत आदिवासी समाजमा महिलाहरु नै ताला चाबिको आधिकारिकको रुपमा लीइन्छ । ईतिहासलाई कोत्याउदा पनि हाम्रो समाजमा मात्रिसतात्मक सामाजिक समरचना रहेको देखिन्छ तर हिन्दू सन्स्कारको प्रभाबमा परेर पुरुशहरु श्रीमतिबाट सधैं सेवा र सत्कारको आशा राख्छन । हामी मानब भनेको एउटै हो महिला र पुरुष रथका दुई पाङ्रा हुन भने हामी दुबैजाना बरबरी हो र जोकोही एकले अर्कोको सम्मान गर्न सक्नु पर्छ । यसको लागि पनि आदिवासी माहिला नै सचेत हुनु पर्ने छ नत्र सस्कार जोसुकाइको भए पनि आफु ठुलो हुन पाउदा मक्ख पर्ने पुरुसहरु पनि हामी सामु छन् ।
यसरी आफ्नै समाज, परिवार र आफैभित्रको मात्र कुरो गर्दा के आदिवासी महिलाहरु आफ्नै मात्र कुरो गर्ने या त्यहि सन्स्कार र सस्क्रितीको नाममा घर भित्र बाट बाहिर ननिसकने हो भन्ने सवाल पनि आउन सक्छ तर यसको मतलब हामी यही सानो बिषयमा मात्र अल्झिने होईन । हामी आदिवाशी महिलाहरुको मानब अधिकारको बिषय, स्वास्थ्य र शिक्षाको बिषय, सन्जालको बिषय र यिनीहरुले बिस्वमा भोग्दाइ आएको बिषयमा बहस र छल्फल गर्न सक्छौ । महिलाका साझा बिसय बस्तु सबैलाई लागु हुने बिषय हो यसबाट जोकोही अछुतो रहन सक्दैन । यति धेरै कुरो सोच्दा सोच्दै पनि आज पनि बिशेष एउटा सानो सोच र बिचारलाई लियेर ठुलो परिणाम हासिल गर्न सक्छौ । विस्वमा रहेका नेपालका आदिवासी जनजाती महिला बिचमा सन्जालको बिस्तार गर्न सक्छौ । सबैभन्दा हेर्दा सरल देखिने र एक्दमै जटिल बिषय हाम्रो परम्परा र सन्स्कार यो छ र यसलाई हामी जगेना गर्नको लागि हामीलाई सामुहिक कार्यको जरुरी छ । भनाइ नै छ थोपा थोपा मिलेर समुद्र बन्छ त्यसैले हामी सानो सानो काम गरेर भोली ठुलो काम गर्न सक्छौ । जेहोस् अधिकारको लडाईं होस् या त अन्य कामको लागि होस् सामुहिक कार्य आजको अपरिहार्यता हो ।