हाम्रो मालारानी


-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार


बागी खोलाको शिर

हाम्रो प्राकृतिकको धनी
आहा कती सुन्दर छ 
मनै छुने हाम्रो मालारानी
******    ******   *****
सधै स्थिर छ घेरको लेक
हृदयबाट  रसाउछ पानी
बहन्छ सधै बनेर  लहरा
माला जस्तै हाम्रो मालारानी
******   ******   ******
माथी फुल्छन लाली गुराँस
तल  छ  तामा  खानी
निश्चल छ निर्मल छ कुनै
भेदभाव गर्दैन हाम्रो मलारानी
*******   *******    ********
कालिज,मयुर अनी ढुकुरका जोडी
रामाउँछन मेरै आखाको वरिपरी
ती पहरा, छहरा र घना जंगल
बिचमा छ हाम्रो मालारानी
******     ******     ******
वारी छ रानी बन पारी घेर लेक
सुन्दरताको प्रतिक आखाको नानी
गौरवशाली इतिहास बोकेको छ
यो झरनाले हाम्रो मालारानी
*******   ******    *******
पूर्वमा त्यो जालकाँडाको लेक 
त्यहींबाट उदाउँछ नयाँ  बिहानी
दक्षिणमा पवित्र अर्घा देबी स्थान
उतरको शान हाम्रो मालारानी
******     *******     *******
गुराँसको रुखमा सधै पाइने पानी
प्राकृतिकको  नौलो निशानी 
पाइन्छ जडी बुटी अनेक थरि
घेरको लेकमा आहा हाम्रो मालारानी