हिउँदको हिउँ राम्रो (गीत )


-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
हाल दोहा कतार

 

“हिउँदको  हिउँ राम्रो

हिउँ खोलीको चिसो चिसो पानी
निश्चल छ निर्मल छ
आकाश भन्दा पनी हाम्रो जिन्दगानी “
हे ……….  हे………..|
*******       ********     ********
केटा – यी झरना यी खोला कती सुन्दर छन
केटी – तिम्रो अंगालोमा हराउँ भन्छ यो मन
केटा – किन आज बतासले उदाउँछ मेरो तन
केटी – तिम्रो मायाको सागरमा डुबे म झन झन
                  हिउँदको हिउँ राम्रो ……..|
                   निश्चल छ निर्मल छ …….|    
*********     *********      ***********
केटा – तिम्रो मेरो जोडीको नछुटोस है साथ
केटी – संगै  बाचौ  सधै मिलाई हातमा हात
केटा – दुइ मुटु मिलाई काट्नुछ लामो बाटो
केटी – यो जीन्दगी अर्पण  गरें  माया साटो
                   हिउँदको हिउँ राम्रो ……..|
                   निश्चल छ निर्मल छ …….|    
*********       ***********        ***********
केटा – आऊ  मिली  बनाउँ  हाम्रो  सानो  घर
केटी – जहाँ खुशी नै खुशीको होस सुनौलो संसार
केटा – मानिसको जीन्दगी हो दुइ दिनको उपहार
केटी – खुशी भै  हाँसौ  हसाउँ  सुन्दर  मुहार
                       हिउँदको हिउँ राम्रो ……..|
                       निश्चल छ निर्मल छ …….|