राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले गरे माइतिघरमा आत्मदाहको प्रयास

काठमाडौँ- राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले काठमाडौँको माइतिघरमा आत्मदाहको प्रयास गरेका छन् ।

1

नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताविहीन संघर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् । उनले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगायत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

1

 

नागरिकताविहीन संघर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रवाद चाहिँदैन लगायतका नारा लगाउँदै माइतिघरमा प्रदर्शन गरेका थिए ।

spot_imgimages