अर्घाखाँची ; ठगी कसुर मुद्दाका अभियुकतलाइ पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश ।

अर्घाखाँची डटकम
जिल्ला अदालत अर्घाखाँचीले ठगी कसुर मुद्दामा आरोपित कपिलबस्तुका दिदी भाइलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कपिलबस्तु बनगाइका सीता रेग्मी र उनका भाइ मोबिन रेग्मी बिरुद्द जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ठगी कसुरमा जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले आइतबार थुनामा पठाइ थप अनुसन्धान गर्ने आदेश दिएको हो ।


रेग्मी दिदी भाइ बिरुद्द सन्धिखर्कका राम बहादुर बस्नेतले ठगी , मिटरब्याज असुली शिर्शकमा जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीमा उजुरि दिएका थिए । उनको उजुरी पछि अर्घाखाँची प्रहरिले आरोपितहरुलाइ प्युठानबाट पक्राउ गरि जिल्ला अदालत अर्घाखाँचीमा ठगी कसुर शिर्षकमा २०८० जेठ ०२ गते मुद्दा दर्ता गरेको थियो ।

यो पनि  पढ्नुहोस

जग्गा कारोबारमा ठगी गर्ने कपिल्बस्तुका दिदी भाइलाई अर्घाखाँची प्रहरिद्वारा पक्राउ गरि मुद्दा दर्ता ।

1