नेपाल आमा (कविता)

– अम्बिका कुरुम्बांग लिम्बु

 

नेपाल आमा हर दिन आसुँ झार्दै रुन छिन
आफ्ना प्यारा सन्तानहरुको चर्तिकला देखेर
भन्ने आँट पनि गर्दिनन ,यस्तो गर्नु हुन्न भनेर
किनकि आफुले जन्माएको सन्तानलाई
यति मायाँ गर्नु हुन्छ ,जसको बयान गर्ने शब्द नै छैन
तर …………….
कहिलेकाहीं बिलौना पनि गर्छिन
अनि गह भरि आसुँ झार्दै भन्छिन,
कुन हिमाल ,कुन पहाड ,कुन तराइ
ति सबै मेरा अंगहरु हुन् ,
त्यहाँ बसोबास गर्ने सबै मेरा सन्तानहरु हौ.
दाजु भाइमा काटा काट गरेर
के फाइदा भयो तिमीहरुलाई ,
त्यसैले म भन्छु तिमीहरुलाई,
उठ जाग एक जुट भएर अगाडी बढ
सत्रुले सिमा मिचेर आइसक्यो
जसको सामना गर्न हातमा औजार लिएर
क्रान्तिको पाइला सार,क्रान्तिको पाइला सार ……………..?