नेताहरु नसच्चिएसम्म विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Bhutanese refugee scam: Home Minister Shrestha Vows to Punish Corrupt  Officials – epardafas.com

उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनुभयो । उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताउनुभयो ।

1

गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताउनुभयो । राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पुर्‍याउने सरकारले लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

1