अर्घाखाँची डटकम
सन्धिखर्क ७ नं वार्ड कार्यालयको प्रशासनिक भवन निर्माण गर्न आवस्यक जग्गा ब्यबस्थापनको कसरत जारी रहेको छ । सामान्यतया वार्ड ७ मा वार्ड कार्यालय पुरानो स्थानमा राख्नेकि सबैलाइ सहज हुने स्थानमा राख्ने भन्ने बिषयमा बिवाद देखिन्छ । यहि बिवाद र जग्गाको ब्यबस्थापन गर्न नसकेका कारण संघियता पछिको एक कार्यकाल सकिदा सम्म वार्ड कार्यालय भवन बन्न सकेन ।
अहिलेको बर्ष भवन बनाउन सहमती जुटाउने भन्दै वार्ड तहको बैठकहरुबाट निश्कर्ष निस्किन नसकेपछी आज सन्धिखर्कमा जिल्लास्तरका सर्वदलिय बैठक बस्यो । बैठकले डिहिडाडा र फुद्वाङ्गमा बिवाद उत्पन्न भएपछी सहमतिको लागि फर्ज्याङ्ग्खोला स्थित फांटमा जग्गा खोजेर भवन बनाउने निश्कर्ष निकाल्यो । तर त्यस स्थानमा सार्वजनिक जग्गा नभएको र निजि जग्गापनी खेतियोग्य जग्गा भएकोले जग्गा पाउन मुस्किल हुने कुरा बैठकमा उठेको र स्थानिय स्तरका नेतृत्वले जग्गा खोज्न नसके आफै जग्गा खोजिदिने भनाइ सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताएको बैठकमा सहभागी राजनितिक दलका नेता थम्मन के सि ले बताए ।
अघिल्लो बर्ष डिहिडाडाका कमल प्रसाद आचार्य र उत्तम आचार्यले वार्ड कार्यालय बनाउन भनी डिहिडाडामा ३ रोपनी जग्गा निशुल्क दान दिएका हुन तर उनिहरुले दिएको जग्गाको भु- बनोट प्राबिधिक दृस्टिले भवन बनाउन उपयुक्त भए नभएको परिक्षण गर्नुपर्ने देखिन्छ। सामान्यतया भिरालो पाखोको जग्गामा भवनहरु बनाउदा प्राबिधिक जोखिम हुनु स्वाभाविकै हुने जानकारहरु बताउदछन । यता फुद्वाङ्गमा रहेको प्याराडाइज युवा क्लवले वार्ड कार्यालयलाइ आबस्यक जग्गा दिन आफू तयार रहेको बताएको छ ।
क्लबले वार्ड कार्यालयलाइ जुनसुकै प्रयोजनमा प्रयोग गर्न सक्ने भनी क्लवको नाममा रहेको जग्गा दिन आफुहरु तयार भएपनी वार्ड कार्यालयको बिवादले उक्त जग्गा वार्डको स्वामित्वमा लिन सन्धिखर्कका प्रशासकिय अधिकृत खुमलाल भुसालले एक हप्ता पछाडि पास गर्नुहोला भनेको क्लवका अध्यक्ष चुराबहादुर केसिको भनाइ छ । हाल वार्ड कार्यालयले फुद्वाङ्गमा घर भाडामा लिएर स्थानिय सरकारको सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक बर्षमा वार्डको प्रशासनिक भवन बनाउन बजेट बिनियोजन भएपछी वार्ड कार्यालय कहाँ बनाउने भन्ने प्रसंगले चर्चा पाएको हो ।
कस्तो छ त ७ नम्बर वार्ड कार्यालयको भु- बनोट ?
बृहत् खांचिकोट गाउँ पन्चायत पुनर्गठन हुँदै साबिकको खाचिकोट गाउ बिकास समिति हालको सन्धिखर्क नगरपालिका वार्ड न ७ हो यसको पुर्वमा सन्धिखर्क वार्ड ६ उत्तरमा सन्धिखर्क ३ ,१ र २ , पस्चिममा भुमिकास्थान ९ दक्षिणमा शितगंगा २ रहेको छ । देउराली पारिको भैसिमेला र भिम्मले जस्ता टोल देखि लिएर सन्धिखर्कको कुर पल्लावारी र लामडाडा जस्ता धेरैले नाम नसुनेका क्षेत्रहरु यसै वार्डमा पर्दछन ।भिम्मले , भैसिमेला , देउराली र खाचिका स्थानिय सेवा लिन गोरुसिङ्गे सन्धिखर्क सडक प्रयोग गरि वार्ड कार्यालयमा आउदछन ।
कहिले देखि कहाँ थियो ? उक्त स्थानको सेवा लिने केन्द्र ?
साबिकको गाउँ पन्चायत हुदा देखिनै डिहिडाडाको पन्चायत भवनबाट नागरिकहरुले सेवा लिएका थिए । तत्कालिन अवस्थामा डिहिडाडाका ठकुरीहरु प्रधानपन्च हुदैगर्दा भौगोलिक मध्यबिन्दुको आधारमा भन्दै डिहिडांडामा पन्चायत भवन स्थापना गरिएको थियो । पछि बहुदल आइसकेपछी पनि तत्कालिन गाउँ बिकास समितिको सेवा सोही भवनबाट प्रदान गरिएको हो । २०५४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्याकाल समाप्त भएपछी भने गाउबिकास समितीको सम्पुर्ण अधिकार सर्वदलिय संयन्त्र सहित गाबिस सचिवहरुको हातमा गयो र माओबादी जनयुद्द र भैसिमेला, भिम्मले ,देउराली , खाची लगायतका स्थानमा रहेका नागरिकहरु सेवा लिन गोरुसिङ्गे सन्धिखर्क सडकमा चल्ने सवारी साधनको प्रयोग गरेर आउनेहुदा सबैलाइ आवतजावतमा सहज पुग्ने आशा राख्दै फुद्वाङ्गमा भाडा लिएर सेवा दिन थालियो । यस क्षेत्रका स्थानियले फुद्वाङ्गबाट सेवा लिन सुरु गरेको करिव दुई दशक भन्दा बढी अवधी भैसकेको छ ।
उपयुक्त स्थान कहाँ त ?
सामान्यतया विभिन्न तहका कार्यालयहरु आ -आफ्नो क्षेत्रमा लैजान पहल गर्नु नौलो कुरा होइन । तर कुनै पनि कार्यालय स्थापना गर्दा त्यस क्षेत्रका सेवाग्राहिलाइ कहाँ कति सहज भन्ने कुराको हेक्का राख्नु मुख्य कुरा हो । पुरानो स्थान भन्दै डिहिडाडामा वार्ड कार्यालय राख्दा टाढा टाढाका भैसिमेला , भिम्मले , खाची , देउराली लगायतका सेवाग्राहिहरुलाइ सार्वजनिक सवारी प्रयोग गरेर पहिला फुद्वाङ्ग आउनुपर्ने र त्यस पछि फेरि निजि भाडाका सवारी जस्तै ट्याक्सी , अटो ब्यबस्था गरेपछि मात्र कार्यालय पुग्ने अवस्था आउँछ। यदि यस्तो भयो भने उक्त क्षेत्रका सेवाग्राहिको आवजजावत खर्च र समय वृद्धि हुन जान्छ । यस संगै डिहि , किटेनी क्षेत्रका बासिन्दा पनि फुद्वाङ्गमा हुदा कार्यालयको काम संगै अन्य बजार सम्बन्धित काम एकै दिन गर्न सकेका थिए भने सो अवस्थाबाट बन्चित हुनेछन । यता साविकको वार्ड न् ४,६ भालुखोला , सानागाउ , दुवार पल्लावारि क्षेत्रका स्थानियहरुलाइ पनि फुद्वाङ्ग केही सहज भएता पनि डिहिडाडा पायक नपर्ने त्यस क्षेत्रका स्थानिय बताउछन ।
सामान्यतया वार्ड कार्यालयको कामले मात्र केही बाहेक अन्य कामहरुलाइ पुर्णता दिन जिल्ला केन्द्र धाउनुपर्ने हुनाले जिल्ला , नगर र वार्ड कार्यालयहरु स्थापना गर्दा आम नागरिकको पहुच संगै सार्वजनिक सवारिको पहुच हुने क्षेत्रबाट टाढा गराउन नहुने स्थानिय सेवाग्राहिको तर्क छ । सन्धिखर्कका अन्य वार्डमा प्रशासनिक भवनहरु तयार भैसकेता पनि आफ्नो भवन नभएका कारण वार्ड नम्बर १२ र वार्ड नम्बर ७ को कार्यालयले भाडामा भवन लिएर सेवा प्रवाह गर्न बाध्य छन ।