पाकिस्तानका गृह मन्त्री रेहमान मालिकले हिजो पाकिस्तानको प्रकोपपछि पूनःनिर्माण र आतंकबादी शक्तिलाई प्रहार गर्न सहायता गर्नका लागि पाकिस्तानको पचास अर्ब अमेरिकी डलरको विदेशी ऋण मिनाहा गर्न अन्तर्राष्ट्रिय समूदायलाई आव्हान गर्नु भएको छ।
हिजो आयोजित पाकिस्तान विकास मञ्चमा उहाँले पाकिस्तान र आतंकबादी शक्ति बीचको संघर्ष झन्डै तीस वर्षदेखि चलिरहेको भन्दै पाकिस्तानले देशको पश्चिमी सिमाना क्षेत्रमा आतंकबादी शक्तिलाई प्रभावकारी रुपमा दमन गरिसकेको कुरा बताउनुभयो।
यसका साथै, आतंकबादी शक्ति दमन गर्नबाहेक प्रकोपपछि पूनःनिर्माण गर्न पाकिस्तानको वर्तमान समस्या रहेको पनि उहाँले व्यक्त गर्नुभयो।