रुसका विदेशमन्त्री सर्गइ लाभरोभ र भारतका विदेशमन्त्री एस एम कृष्णाले आज चीनमा आयोजना गरिने सन् 2011 ब्रिकका चार मुलुकका नेतागणहरु बीचको तेस्रो औपचारिक सम्मेलन सम्बन्धित चीनको तयारी काममा समर्थन दिने कुरालाई दोहोर्याउनुभयो। चीनको उ हान शहरमा आयोजित चीन, रुस र भारतका विदेशमन्त्री बीचको दशौं बैठकमा भाग लिनुहुँदै उहाँहरुले उक्त कुरा बताउनुभएको हो। यसका साथै चीनका विदेशमन्त्री याङ्ग चे छ र भारतका विदेशमन्त्री कृष्णाले चीन र भारतले एशिया-युरोप सम्मेलन र उत्तर एशिया शिखर सम्मेलनमा रुसको सहभागी हुने कुरामा स्वागत गर्ने कुरा व्यक्त गर्नुभयो।