देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न(तस्बिर सहित)

1

-श्याम घिमिरे,अर्घाखाँची

सन्धिखर्क,असार ८ – देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.1

सन्धिखर्कको गुन्टेखोलामा रहेको देउराली यातायात अर्घाखाँची प्रालिको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिका संयोजक टोपलाल खनालले शपथ ग्रहण गराउनु भएको हो ।

No description available.

आर्थिक बिकास र सामाजिक रुपान्तरणकालागी सहकारी भन्ने मुख्य नारा सहित स्थापित भेलाले गोबिन्द बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा भेष बहादुर बिसी, सचिवमा प्रेम प्रकाश पाण्डे र कोषाध्यक्षमा सुजाता भण्डारी पिसी निर्वातिच हुनुभएको छ ।

No description available.

यस्तै समितिको सदस्यहरुमा क्रमशःविष्णु बहादुर पन्थी,मिना भट्टराई, जानका बस्याल खड्का,केयरसिंह खनाल र बेदराज घिमिरे सर्बसम्मत रुपमा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै भेलाले योगेन्द्र बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपेरीबेक्षण समितिको पनि गठन गरेको छ । जसको सदस्यमा बलराम भुसाल र मोहन बिक्रम जिसी रहनु भएको छ ।

No description available.1

निर्वाचन समितिका संयोजक टोपलाल खनालको अध्यक्षता र सहकारीका व्यवस्थापक पदम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य युवराज खत्रिले बधाई सहित शुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष बन्जाडेले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।