११ किलो सुन घोटाला आशंकामा जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

1

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेका छन्।

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो।

११ किलो सुन घोटाला आशंकामा जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा1

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्‍यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन्।

अहिले जलहरी जोख्न पशुपति परिसरमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। दर्शन गर्न आएका भक्तजनहरूलाई पनि मुल गेटबाटै भित्र प्रवेश दिइएको छैन ।

उक्त जलहरी १०७ किलो ९२४।७५ ग्राम सुनको जलहरी हालेको भनिएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने भनेको थियो। महालेखाको प्रतिवेदन बाहिरिएपछि यसले चर्चा पाएको हो।

अन्य समाचारहरु