रुपन्देही – नेपाल पत्रकार महासंघले जारी गरेको महासंघको सदस्यता शुद्धीकरणका लागि लुम्बिनी प्रदेशमा यसअघि सदस्य रहेका १६३४ सदस्यमध्ये ९४० जनाको मात्रै नवीकरणका लागि सिफारिस भएको छ ।
जिल्ला शाखाले बनाएका सिफारिस समितिले गरेको सिफारिस समितिको आधारमा कार्यसमितिले निर्णय गरेर प्रदेश कमिटीलाई पठाएको हो ।
अब नवीकरण हुनेमा रुपन्देहीमा ३१४ बाट २३०, नवलपरासीमा ८५ बाट ३८, कपिलवस्तुमा ११२ बाट ७३, पाल्पामा ९६ बाट ७१, गुल्मी ६५ बाट २६, अर्घाखाँची १३२ बाट ५९, दाङमा २७१ बाट ८५, प्युठानमा १४३ बाट ८१, रोल्पा ७८ बाट ३५, रुकुम १९, बाँकेमा २८१ बाट १७३, बर्दियामा ९५ बाट ४९ गरी ९४० जनाको सदस्यता नवीकरणका लागि सिफारिस आएको महासंघ प्रदेशका महासचिव विक्रम खड्काले बताए ।
यस्तो छ सुची :