काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला परेको छ । आज बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत अनुसन्धानको क्रममा यस्तो भेटिएको जानकारी दिएको हो ।
गुरुङले ललिता निवासको जग्गा आफू र आफ्ना परिवारको नाममा राखेको भेटिएको सिआइबीले जानकारी दिएको छ । उक्त अनुसन्धानले गुरुङ र उनको परिवार साथै भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिको नाममा २९ रोपनी १५ आना ३ पैसा जग्गा राखेको भेटिएको हो ।
सीआइबीले गुरुङलाई ललिता निवास प्रकरणमा मंगलबार पक्राउ गरेका थिए । उनी सहित थप चार जना पक्राउ परेका हुन् । उनीहरुलाई हिरासतमै राखी प्रहरीले अनुसन्धान गर्नेछ ।