काठमाडौं । रवि लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दा बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको छ। यो निर्णय सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य लामिछानेले राहत पाएका छन्।
गत जेठ १० गते युवराज सफल पौडेलले राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।
बुधवार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।