– काशीराम घिमिरे।
किसानको काम कहिले पो सकिन्छ्र र ।
खेतिपाती बनपाखा घरको काम सधै उकाली ओराली ।
बिहान उठेदेखी बेलुका सम्म सधैं काममै बित्नेगर्छ।
यसमाथी यो असारमास बिहान देखि बाटोमा गोरुको लस्कर देखिदैछ।
खेताला खेतालीहरु बाटोमा लाइन देखिन्छ्न।
साथमा पात बजाउदै दाजुहरु गितमा छ्न ।
मुरेलि र बासुरु बजाउदै र साथमा सनाइको आवाज टाढा टाढा सम्म सुनिदैछ।
गहिरी खेतको फाँटमा निकै रमाइलो देखिन्छ।
असारका मिठा गितका भाकाहरु आमा दिदिबहिनी हरुले मीठो स्वरमा गाउँदैछ्न।
सुरुमा बिउँ देउतालाइ चढाइ पूजा गरि सुरु गरिदैछ खोला वारपार देखिन्छ्न ।
खेताली खेताला हलि ठिँगारे दाजुहरु आ -आफ्नै काममा तल्लिनछ्न ,आलि कुना बीउ मल तिर।
असारको गर्मी चर्की सक्यो तिर्खा लाग्यो ।
पानी पिउदै भाइ बहिनी ।
मुरेलिको सुरिलो धुन र सनाइको धुन र झ्यालिकोआवाज सँगैआमा दिदिबहिनीका सुरिला भाकाहरु सुनिराखेको छु।
हर्खे दाइ गोरु हाक्दै छ।
सबै ठाउँ फाटमा निकै रमाइलो छ।
किनकी यो असार महिना मानो रोपि मुरि फलाउने समय।
यतिबेला देशमा किसानलाई धान रोप्ने चटारो छ।
सबै किसान दाजुभाइ बेशी मेलामा देखिन्छ्न ।
गाउँ घरमा अरिमा परिमा नै चल्दछ ।
युवा बर्ग खाडी युरोप अमेरिका तरपनी दुख सुख धानिदैछ्न ।
नेपालमा तराइका समतल फाटदेखी पहाडका समतल फाट बेशी र टार र उच्च हिमाली जिल्लाहरुमा यसको रोपाइँ खेती गरिदै आइएको छ। धान उत्पादनको लागि तराईका जिल्लाहरूविशेष अन्न भण्डारका रुपमा मानिन्छ्न।तरपनी पहाड र हिमाली जिल्लाहरुमा पनि स्थानीय जातका धान हरु रोपिदै आइएकोछ।
१९६६ तिर बिस्वमा भोकमरी फैलिएको बेला संयुक्त राष्ट्रसंघले उक्त भोकमरीबाट बच्न धानलाइ मुख्य बाली मान्यो र बिस्वभर धान उत्पादनलाई विशेष रुपमा जोड दिइयो ।खाना बिना मानिसको अस्थित्व सङकटमा पर्छ ,त्यसैले यो बालिलाइ उपयुक्त मानियो । हाम्रो एसिया देशमा बिस्वको लगभग ९०प्रतिसत धान उत्पादन हुने गर्दछ ।खपत पनि त्यही अनुसार हुने गर्दछ।
।नेपालमा पुर्वकाल देखि नै यसको परम्परागत खेती गरिदै आएको पाइन्छ। २०३१ साल सम्म नेपालमा यो सम्बन्धि उपयुक्त औजार मल बीउ आधुनिक प्रबिधि नहुँदापनि पुर्खाहरुले निकै मात्रमा धान उत्पादन गरि बेच्ने गर्दथे ।
देशमा विभिन्न आठ वटा निर्यात गर्ने ठाउँ स्थापना गरि निर्यात गरिन्थ्यो ती ठाउँ हरुमा मेची कोशी सगरमाथा नारायणी जनकपुर लुम्बिनी सुदुरपश्चिम गरि चामल निर्यात केन्द्रहरु थिए र त्यतिबेला ५५हजार मेट्रिकटन चामल नेपालबाट छिमेकी देश भारत बङ्लादेश निर्यात गरिएको थियो ।
यो सात बर्ष चलिरहेको थियो तर आठौं बर्ष आइपुग्दा एक्कासि चामल आयत गरिन थालियो ।कारण खोज्दा जनसंख्याको वृद्धि भयो र आधुनिक प्रबिधी भएन भन्ने जवाफ सुनिन्छ।
नेपालमा १५ लाख हेक्टर धान खेती गरिन्छ।तर लगभग एक लाख हेक्टर खेतिमा धान उत्पादन बढाउनुपर्ने देखिन्छ। १६ लाखमा खेती गर्दा उत्पादनले धान्न सक्छ। नेपालमा धान उत्पादनले धान्न लगभग ६४ लाख मेट्रिकटन धान उत्पादन हुनुपर्छ तर गत बर्ष ५१ लाख ३० हजार मेटि्रकटन उत्पादन भएको पाइन्छ।लगभग २०३९/४० सम्म धान निर्यात गर्ने र मुख्य बाली धान उत्पादन गर्ने देशमा गतबर्श मात्रै ३३अर्ब ६३ करोडको धान चामल आयात भएको छ ।
हरेक बर्ष असार पन्ध्र आयोकी सरकारी तवरबाट र विभिन्न राजनीतिक पार्टी संघ सस्थाहरु एकदिन रोपाइँको तामझाम गर्दछ्न ।बर्षमा एकदिन साहै तामझाम गर्ने र अन्यदिन चिल्ला गाडिमा कुदेर बर्तमान समस्याको हल हुँदैन । किसानका समस्या के हुन के कति कारणले यो हुन पुग्यो भनी यसको आजैका दिनमा बिस्तृत छलफल बिचार बिमर्श हुनुपर्छ र तुरुन्त यसको समाधान हुनुपर्छ होइन भने आउदो दिनमा यसको समस्या झनै बढेर जाने गर्छ।
नेपालमा धान उत्पादनलाई बढाउन उचित रुपमा बीउ मल कृषि औजार यन्त्र उपकरण देखि सिंचाइको सुबिधा हुनुपर्छ ।अहिले रहेको ३५ प्रतिशत सिंचाइ लाई ५५ प्रतिशत मा लग्नुपर्छ।अहिले रहेको १५ लाख हेक्टरको धान खेतिलाइ १६ लाखमा लाग्नुपर्छ बढाउनु पर्छ । उचित उन्नत जाताका बीउहरु कृषि बिज्ञले छ्नौट गर्नुपर्छ।बीउ मल र औजारको समयमै ब्यबस्था हुनुपर्छ ।
परम्परागत गोरुले जोत्ने भन्दा आधुनिक यन्त्र ट्याक्टर र अन्य अत्याधुनिक प्रबिधी भित्र्याउन लाग्नुपर्छ ।सरकारी तह्बाट एकिन तथ्यांक अनुसार काम गरि योजनाबद्ध रुपमा कसरी यसको उत्पादन बढाउने र कुन ठाउँमा कुन जातको धान रोप्ने भन्नेमा निकास निकाल्नु पर्छ। धान उत्पादन हुने अन्नबालिको ठाउँबाट कंन्किट घरहरु बनाउन रोक्नुपर्छ ।चुस्त दुरुस्त सरकारी काम कारबाही हुनुपर्छ ।
किसानलाई खेती गर्न सरकारी सहयोग अनुदान र उत्पादित बस्तुको बजारीकरणमा सहजीकरण गरि स्वदेशि उत्पादनलाई बढाइ त्यसैको खपत गरि बिदेशी धानलाई प्रतिबन्ध लगाउने स्वदेशिलाई प्रसर्य दिने सरकारी योजना हुनुपर्छ ।
बर्षमा एकदिन धान दिवस नभनी बर्षभरी नै यसको चासो हुन आबस्यक देखिन्छ। जसले गर्दा देश धानमा आत्मनिर्भर भइ अर्बौ रुपैयाँ स्वदेशी पैसा बच्ने र रोजागारी बढने किसान लाभान्वित हुने देखिन्छ।
त्यसैले सबैले हाम्रो मुख्यबाली धानको उत्पादनमा विशेष जोड दिउँ ।
आधुनिक कृषि प्रणाली अन्तर्गत नयाँ नयाँ बीउ अत्याधुनिक यन्त्र उपकरणको प्रयोग गरौँ ।
धान उत्पादनमा सरकार निजि क्षेत्र र सबै संघ सस्था किसान् एकबद्ध हौ।
स्वदेशी उत्पादल लाई प्रयोग र बिदेशी उत्पादनलाई बहिष्कार गरौ।
आफ्नै माटोमा रमाऔ । आफ्नै पौरखिमा बाच्ने गरौँ ।