हैजा फैलाएको आरोपमा हेइटीबाशीहरुले दोस्रो दिन पनि संयुक्त राष्ट्रसंघिय शान्ति सेनाविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले संयुक्त राष्ट्रसंघिय शान्ति सेनाको आधा्र क्षेत्रमा ढुंगामुढा र आगजनि समेत गरेका थिए। दोस्रो दिनको प्रदर्शन पनि केप हेइटीएन शहरमा नै जारी राखेको बताइएको छ। प्रदर्शनकारीहरुले राष्ट्र संघलाइ आफ्नो मुलुक छाड्न माग गरेका छन्।
हेइटीबाशीहरुले हैजाको लागि संयुक्त राष्ट्र संघीय नेपाली शान्ति सेना जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्। यद्यपी राष्ट्र संघले भने सो आरोपको ख48डन गरिसकेको छ। हेइटीको दोस्रो ठूलो शहर केप हेइटीएनमा स्थानिय बाशीहरुको प्रदर्शनमा सोमबार दुई जनाको मृत्यु भएको थियो। हेइटीमा हैजाका कारण मृत्यु हुनेहरुको संख्या एकहजार नाघेको छ।