भारतको राजधानी नयाँ दिल्लीको पूर्वी भागमा पाँच तले भवन भत्किँदा त्यसमा परी पुरिएर मर्नेहरूको सङ्ख्या आज बुधबारसम्म 67 पुगेको समाचार छ। उद्धार कार्य हासम्म पनि जारी रहेको बुझिएको छ। अझ पनि भग्नावशेषमा थुप्रै परेका हुनसक्ने बताइएको छ।
इन्डो-एसियन समाचारका अनुसार करिब बीस जना सर्बसाधारण त्यसमा पुरिएर जीवनको आशामा पर्खेका छन्।
दमकल शाखाका अधिकारीहरूका अनुसार, पूर्ण रुपमा भग्नावशेष पन्छाउन अझ केही घण्टा समय लाग्नेछ।
दिल्ली अग्नि सेवाका निर्देशक श्री आर सी शर्माले आज बेलुका अबेरसम्म आकस्मिक रुपमा भग्नावशेष पन्छाउने कार्य सम्पन्न हुनेछ।