अफ्रिकी मुलुक मडागास्करको सेनाले सत्ता कब्जा गरेको छ। सेनाले सत्ता कब्जा गरेको जनाएपनि त्यहाँको सरकारले भने अझैपनि सत्ताको बागडोर आफ्नै हातमा रहेको दाबी गरेको छ।
सरकारका एक सुरक्षा अधिकारीले अन्तर्राष्ट्रिय संचारमाध्यमहरुसँग कुरा गर्दै सैनिक अधिकारीहरुको एक सानो समूहले अराजकता फैलाउने कोशिस गरेको दाबी गरेका छन्।
उनले नयाँ संविधानको लागि हुन गैरहेको जनमत संग्रहको दिन सो समूहले आतंक मच्चाउने योजना बनाएको बताएका छन्। उता, सेनाले भने वर्तमान सरकारलाई भंग गरी एक शासकीय समिति गठन गरिएको घोषणा गरेको छ।