कोरियाली प्रायद्बीपको आणविक सम्बन्धि छ पक्षीय वार्ता पुनः शुरु गर्नका लागि उत्तर कोरिया तत्पर भैसकेको आज उत्तर कोरियाली रोतुङ सिन्मुन समाचारपत्रले जनाएको छ। सो वार्ता पुनः शुरु हुन नसक्नुको कारण अमेरिका तथा दक्षिण कोरिया भएको पनि दाबी गरिएको छ।
उत्तर कोरियाली संचारमाध्यमले वार्ता तथा द्बन्द्बको सामना गर्न उत्तर कोरिया तयार भैसकेको बताएको छ। अमेरिका तथा दक्षिण कोरियाले द्बन्द्ब तथा दबावको तरिकाबाट कोरियाली प्रायद्बीपको परिस्थितिलाई चर्को पार्दै गएमा उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउने औंल्याइएको छ।