न्यूजिल्याण्डको एक कोइला खानिमा विस्फोटन हुदाँ कम्तिमा तेत्तिस मजदूर हराइरहेको जानकारी अर्न्तराष्ट्रिय संचार माध्यमहरुले दिएका छन्।
दक्षिणी प्रायद्धिपको पाइक नदीमा अवस्थित एक कोइला प्रोसिसिङ्ग संयन्त्रमा विस्फोट भएको पुष्टि पनि त्यहाँको प्रहरी श्रोतले गरको छ। प्रहरी र उद्धार टोलि सहितका हेलिकप्टर र एम्बुलेन्स घटनास्थल तर्फ लागेको समचारमा जनाइएको छ।
विस्फोटन पछि हराइरहेका मजदूरहरुको अवस्था अज्ञात रहेको पनि बताइएको छ। विस्फोटमा परी कति मानविय क्षति भएको छ भनि यकिन गर्न नसकिएको पनि अधिकारीहरुले जनाएका छन्।