काठमाण्डाै – सोलुखुम्बुबाट काठमाण्डाैका लागि उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।
मङ्गलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले याे जानकारी दिनुभयाे । उहाँले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एअरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पहिलाे दिनदेखि नै सुरक्षा पहिलाे भन्ने नारा उच्चारण गरेका छौँ । सुरक्षामा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । साेलुखुम्बुका भएकाे हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न अब छानबिन समिति बन्छ । भोलिसम्ममा गठन हुन्छ ।’
मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकाेका नागरिककाे ज्यान गएकाे छ ।