-सागर महत ,अर्घाखाँची ।
सन्धिखर्क – कुमाल समुदायको पुख्र्यौली पेशा संमरक्षण गर्नु अहिलेको आवश्यकता भएको अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले बताएका छन ।सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा संचालन भएको माटाका भाडा बनाउने तालिम सम्मापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पुरानो पेशा लाई संमरक्षण गर्नको लागि युवा पुस्ताको आकर्षण बढाउनु पर्ने अहिलेको आवश्यता भएकाले स्थानीय सरकारले पनि यि यस्ता कार्यक्रमलाई प्राथामिकतामा राख्न आवश्यक भएको समन्वय प्रमुख कोइरालाले बताउनुभयो।
कुमाल समुदायको बाहुल्यता रहेको सन्धिखर्क ५ बलेबाङमा आवश्यकताको आधारमा तालिम संचालनको लागि समन्वय गरेको वडा अध्यक्ष ऋृषव अधिकारीले बताउनुभयो ।तालिम लाई केहि महिना पछि थप गरि क्षमता विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
एक करोड लागतमा सन्धिखर्क १ मा संचालन भएको माटाका भाडा बनाउने उद्योग विगत केहि समय देखि बन्द भएकोले त्यसलाई नगरपालिकाले समन्वय गरेमा ५ नम्बर वडामा लिएर संचालन गर्नको तयार रहेको वडा अध्यक्ष अधिकारीको भनाइ छ ।
नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण सँगै गाउँमै उद्यमी निर्माण संगै रोजगारको लागि सीपमुलक तालिम ४५ दिन सम्म सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो।
तालिममा आधुनिक समयका माटाका भाडा पनि बनाउन सिकाएको प्रशिक्षक हरि प्रजापतीको बताउनुभयो ।कार्यक्रम सन्धिखर्क ५ की वडा सदस्य बसन्ता कुमारी मुखिया लगायतको सहभागीता रहेको तालिमा सहभागीले यो कार्यक्रमलाई व्यवस्थीत तरिकाले अगाडी बढाउनको लागि थप तालिम आवश्यक पर्ने बताएका थिए ।तालिमा घरेलु तथा साना उद्योगका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको थियो ।