आज विश्व यातायात दुर्घटनामा पर्ने मृतकको सम्झना दिवस हो। यसबारे चर्चा गर्दै विश्व स्वास्थ्य संगठनले हरेक वर्ष गाडी दुर्घटनाका कारण विश्वव्यापी लाखौँ जनाको मृत्यु भएको छ भने पाँच करोड घाइते भएको खबर जनाएको छ। दशदेखि चौबीस वर्षीय किशोर-किशोरीको मृत्युको मुख्य कारण गाडी दुर्घटना हो।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले पनि एउटा वक्तव्य प्रकाशित गरी गाडी दुर्घटनाबाट सार्वजनिक स्वास्थ्यको विकासका लागि महत्वपूर्ण चुनौति ल्याइएको कुरा बताउनुभएको छ। सुरक्षित बेल्ट लगाउनु, चल्ने गतिबारेको नियमलाई पालना गर्नु र मोटरगाडी चल्दा मोबाइलको प्रयोग गर्न नदिनु आदि सजिलो कदमद्बारा धेरै दुर्घटना रोक्न सकिन्छ। व्यक्ति, परिवार तथा सारा समाजका लागि यो निकै हितकर छ।