अर्घाखाँची – सन्धिखर्क नगरपालिका २ को भक्तिटोलामा रहेको पुर्ण सुनचादी पसलको नया ब्यबस्थापन सहित उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाले रिवन काटेर , पानसमा बत्ती बालेर उक्त पसलको उदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य , अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र , चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ , भक्तिटोला टोल सुधार समितिका अध्यक्ष कमल प्रसाद घिमिरे , लगायत उपस्थित थिए ।
भुमिकास्थान नगरपालिकाको वडा न. ४ स्थायी घर भएका डिल बहादुर सुनार (पुर्ण ) ले भक्तिटोलामा बिगत देखिनै सुनचाँदी पसल गर्दै आएका थिए । पुर्ण सुनचाँदी पसलको नाममा नै उक्त स्थानमा संचालित पसलको आफ्नै भवनबाट थप गुणस्तरीय सेवा दिने भन्दै नया भवनमा सारेपछी बिधिवत उद्घाटन गरिएको हो ।
गहना पारखिहरुका लागि आकर्षक डिजाइनका गहनाहरु धातुमा शुद्दता सहित सुपथ मुल्यमा सेवा प्रदान गरिने सुनचाँदी पसलका सन्चालकले बताएका छन ।
थप तस्विर :