भारत बिहार राज्यको औरंगाबाद जिल्लामा आज बिहान नक्शलबादीले छाडेको एक सिलि48डर बम विस्फोट हुदाँ कम्तीमा सात जनाको मृत्यु भएको छ।
बेवारिसे अवस्थामा रहेको सिलि48डर बम एक बालकले खेलाइरहेको सूचना प्रहरीले एक दिन अघि नै थाहा पाएको भएपनि त्यसलाई निष्त्रि्कय पार्न कुनै प्रयास नभएको भन्दै स्थानीय अधिकारीहरुले प्रहरीको आलोचना गरेका छन्। प्रहरीको लाहपरबाहीका कारण सो मानवीय क्षति भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। तर, प्रहरीले भने स्थानीय बासिन्दाले बेवारिसे अवस्थामा रहेको बमका बारेमा कुनै सूचना नदिएको दाबी गरेको छ।
बिहारमा शनिबार पनि विधानसभाको अन्तिम चरणको मतदानका क्रममा इमामगंज इलाकामा नक्शलबादीले छाडेको क्यान बम निस्त्रि्कय पार्ने क्रममा भएको विस्फोटमा परी बम निष्त्रि्कय टोलीका एक प्रहरी जवानको मृत्यु भएको थियो। विहारका विभिन्न क्षेत्रमा भारतीय माओबादी अर्थात नक्शलबादीको बलियो प्रभाव रहँदै आएको छ।