डिआरजी सुमन फ़ैन्स कल्व नेपालको अधिवेशन सम्पन्न, आगामी वर्ष २०८०-८१ को निती तथा कार्यक्रम निर्धारण ।

1

-दिनेश शर्मा,दाङ

घोराही , दाङ । डिआरजी सुमन फ़ैन्स कल्व नेपाल को अधिवेशन सम्पन्न, आगामी वर्ष २०८०-८१ को निती तथा कार्यक्रम निर्धारण । मानवीयता निष्पक्षता र पत्रकारिता मार्फ़त सार्वजनिक क्षेत्रमा क्रियाशीलता जनाउदै आएको डिआरजी सुमन फ़ैन्स कल्व नेपाल अधिवेशन सम्पन्न भएको छ । डिआरजी सुमन फैन्स कल्व नेपालको दशौं साधारण सभा तथा चौथो अधिवेशन २०८० असार ३१ गते आईतबार सम्पन्न भएको हो ।

No description available.

संस्थाका संस्थापक अध्यक्ष श्री चिरनमित्र खड्कालाई अध्यक्ष र संस्थापक सचिव नेत्र बहादुर नेपालीलाई महासचिवमा पदस्थापन गर्दै केन्द्रीय कार्य समिति गठन भएको छ । डिआरजी सुमन फैन्स कल्व नेपालका पदाधिकारी निर्वाचित गर्ने क्रममा मानवीयता, निष्पक्षता र पत्रकारिता मार्फत सार्वजनिक क्षेत्रमा सम्मानजनक योगदान पुर्याउने स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरेको कार्यको अनुसरण गर्नुहुने समर्थकहरु मध्येवाट देहाय वमोजिम व्याक्तित्वहरुलाई कार्य समितिमा निर्वाचित भएको छ ।

1

विश्वंभरका छनौटमा परेका विशिष्टीकृत फ्यानहरुको संलग्नतामा अनलाईन प्रक्रिया मार्फ़त गरिने वार्षिक अधिवेशन को मुख्य उद्देश्य क्रियाशीलता जनाउन चाहाने नयाँ सदस्यको प्रवेश र निष्क्रिय सदस्य को सैद्धान्तिक वहिर्गमन रहेको छ । आगामी वर्ष २०८०-८१ को लागी निर्देशकमा रोल्पावाट अमरदास पुनः (दक्षिण अमेरिका चीली) संरक्षकमा अर्घाखाँचीवाट दिपक भुसाल (जापान) अध्यक्षमा चिरन खड्का अर्घाखाँची (दुबई) वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई (सउदी अरेवीया) उपाध्यक्ष ईन्द्रासिंह रेजीना दैलेख (सुर्खेत) महासचिव नेत्र नेपाली (अर्घाखाँची) सचिव सरिता आचार्य (रुपन्देही) कोषाध्यक्षमा श्यामलाल पौडेल अर्घाखाँची , प्रवक्ता दिनेश शर्मा (सल्यान) रहनु

भएको छ । यस्तै सचिवालय सदस्यमा खगेन्द्र विक (रुपन्देही),चन्द्रमणी भट्टराई (अर्घाखाँची),डिल वहादुर विक (पाल्पा),दीनानाथ घिमिरे (अर्घाखाँची),गणेश विक (अर्घाखाँची) भीमलाल विक (अर्घाखाँची),माधव प्रसाद अर्याल (गुल्मी), वसन्त केसी (अर्घाखाँची),लक्ष्मी कंडेल (कैलाली) कृष्ण प्रसाद घिमिरे (अर्घाखाँची)मेघराज पौडेल (अर्घाखाँची), इन्द्र वहादुर विक (अर्घाखाँची) गरी २१ सदस्य समिति सर्व सम्मतिमा छनौटमा परेको छ । डिआरजी सुमन फैन्स कल्व नेपालको चौथा वार्षिक अधिवेशन मार्फत वर्ष २०८० २०८१ को नयाँ कार्यसमिति गठन प्रक्रियालाई पुर्णता दिदै २०८० साउन ०१ गतेदेखी लागु हुनेगरी महत्वपूर्ण वार्षिक कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

१. डिआरजी सुमन फैन्स कल्व नेपालले विगत लामो समयदेखी संचालन गर्दै आएको मानवीयता सम्बन्धित सामाजिक अभियान्तामार्फत सहयोग संकलन र वितरण कार्यक्रमलाई तत्कालीन घटनालाई मध्यनजर गर्दै समयानुकूल बनाउने गरी पेश गरिएको प्रस्ताव पारित भएको छ ।

२. डिआरजी सुमन फैन्स कल्व नेपालको मानवीयता, निष्पक्षता र पत्रकारिता सिद्धान्तलाई सम्मान गर्दै आर्थिक वा भौतिक तथा बौद्धिकरुपमा योगदान पुर्याउने तथा यस संस्था मार्फत सार्वजनिक वार्षिक भित्तेपात्रो २०८० को प्रकाशनको लागी योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन सम्बन्धित प्रस्ताव पारित गरिएको छ ।

३. डिआरजी सुमन फैन्स कल्व नेपालको वार्षिक भित्तेपात्रो २०८० मा सार्वजनिक सचिवालय सदस्यतालाई स्थायी समिति सदस्यको मान्यता दिदै केन्द्रीय समिति पदाधिकारिमा निर्वाचित गर्ने प्रस्ताव पारित भएको छ यद्यपि संरक्षक र व्यावस्थापकको हकमा भने केन्द्रीय कार्यसमितिको गतिविधिमा शून्य भूमिका रहने गरी निर्णय पारित भएको छ ।

४. डिआरजी सुमन फैन्स कल्व नेपालको सामाजिक क्रियाकलापको निकटतम क्षेत्रमा रहदै एक वा एकवर्ष भन्दा वढी समय अवधिमा यस कल्वको कार्यक्रमलाई सकरात्मक सहयोग र प्रतिक्रिया दिने शुभेच्छुक सबैलाई २०८० साउन ०१ गतेदेखी लागू हुनेगरी केन्द्रीय समिति मार्फत निःशुल्क साधारण सदस्यता वितरण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने प्रस्ताव पारित भएको छ ।

५. डिआरजी सुमन फैन्स कल्व नेपालको वैचारिक तथा सैद्धान्तिक अवधारणा वमोजिम गरिदै आएको अनिवार्य जन्मदिन विशेष राहत वितरण कार्यक्रमलाईं परिस्थितिजन्य निर्णयात्मक सिफारिशको अधिकार केन्द्रीय समितिका महासचिवको नेतृत्वमा गठित आपत्तकालिन कोष परिचालन तथा विविध राहत वितरण ” उप-समितिलाई दिईने प्रस्ताव पारित भएको छ ।

६. डिआरजी सुमन फैन्स कल्व नेपालको संस्थागत नीति सम्बन्धीत सम्पूर्ण विषय (जस्तैः नयाँ सदस्यता अनुमतिको सिफारिश, कुनैपनि वहालवाला पदाधिकारी तथा सदस्यको पद खारेजी सम्बन्धित सिफारिश, आकस्मिक निर्णय तथा विशेषाधिकार प्रस्ताव सम्बन्धित सिफारिश) को सम्पूर्ण अधिकार केन्द्रीय समिति अध्यक्षको नेतृत्वमा गठित केन्द्रीय सचिवालय तथा अनुशासन समितिलाई दिईने प्रस्ताव पारित भएको छ ।

७.यस संस्थाका प्रमुख कार्यकारी निर्देशक डिआरजी सुमनको कुनैपनि महत्वपूर्ण आन्तरिक एवं वाह्य भ्रमण तथा अति महत्वपूर्ण कार्यक्रममा डिआरजी सुमन फैन्स कल्व नेपालको स्थायी समितिवाट तोकिए बमोजिम एक वा सो भन्दा वढी माँग र परिस्थिति बमोजिम सचिवालय सदस्यको अनिवार्य सहभागिता गराउने व्यवस्था सम्बन्धि प्रस्ताव पारित गरिएको छ ।

ad

डिआरजी सुमन फ़ैन्स कल्व नेपाल ले मानवीय निष्पक्षता र पत्रकारिता मार्फ़त क्रियाशीलता जनाउदै आएकोमा वर्ष २०८० देखी श्रमदान कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । आधुनिकीकरण सहित सामाजिक क्षेत्रमा वढ्दो यान्त्रिकीकरण र विलासितालाई निरुत्साहित गर्ने उद्देयश्यले श्रमदान अवधारणा लाई आफ्नो निती तथा कार्यक्रममा समेटिएको वताईएको छ ।

No description available.No description available.No description available.

 

अन्य समाचारहरु