-दीपेन्द्र पौडेल
काठमाडौँ- नेपालको राजनीति एवम् वी.पी. कोइरालाले अगाडी सारेका राजनीतिक दर्शन, सिद्धान्त नीति एवम् विचारको अनुसरण गर्दै अध्ययन, अनुसन्धान र लेखन कार्यमा लामो समयदेखि समर्पित रही पुयाउनु भएको अमूल्य योगदानको कदर स्वरूप नेपाल सरकारद्वारा स्थापित ‘वी.पी. कोइराला राष्ट्रिय पुरस्कार २०७९ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा ढुण्डीराज शास्त्री पौडेल सम्मानित हुनुभएको छ ।नेपाल सरकारले योगदानको कदर गरेको छ।
समाजवाद भनेर मात्र आउँदैन । त्यसको तथ्य र मर्म बुझ्न सक्नुपर्छ । समाजवादको अभ्यासका लागि भय र अभावबाट समाज मुक्त गराउन सक्नुपर्छ । त्यसपछि ज्ञान र विज्ञानले उनीहरुलाई चिन्तन र उत्पादन आफैं गर्नसक्ने बनाउनुपर्छ । यस्तो अवस्थामा समाजवादको अभ्यास भएको भनेर कसरी विश्वास गर्नु ? १२ पास गरेको युवालाई सोध्यो भने बाहिर जाने भन्दा कुरै गर्दैन । अझै पनि नेताहरुले समाजवादको कुरा गर्न छाडेका छैनन् ।
अन्तर्राष्ट्रिय, श्रम बजारमा नेपालको जनशक्ति पुगेको छ । उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ। शासकहरु भ्रष्टाचारमा लिप्त, युवा पुस्ता विदेश पयालन, यस्तो अवस्थामा देश कसरी समुन्नत बन्ला ? तर पनि भन्छु, देशका लागि समाजवाद नै हो । त्यसका लागि चरित्र र व्यवहार भने चाहिन्छ ।
बीपीले काँग्रेसको माध्यमद्वारा नेपाललाई समाजवादी बाटोबाट अगाडि बढाई सामाजिक न्यायमा आधारित सम्पन्न र शक्तिशाली नेपाल निर्माण गर्न सुरु गर्नुभएको थियो । राजा महेन्द्रको एकाधिकारवादी तानासाही पञ्चायती शासनले यो वैज्ञानिक समाज विज्ञानमा आधारित विकासको बाटोबाट अघि बढ्ने क्रमभङ्ग गरेको थियो ।
२०४६ मा गणेशमान सिंहको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भयो ।
कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित राजा, वाम र काँग्रेस सम्मिलित सरकारले एक वर्षभित्र संविधान निर्माण ग-यो र २०४८ मा आमनिर्वाचन गराएको थियो ।
यो निर्वाचनमा काँग्रेसको बहुमत आएकोले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । यो सरकारले तीस वर्षपहिले नेपाली, काँग्रेसले नै अघि सारेको वैज्ञानिक समाजवादको बाटो विकसित समय–परिस्थितिअनुसार नीति कार्यक्रम निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने थियो ।