अतितका यादले सताउँछन

 

 

 

भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
हाल दोहा कतार
———————————

अतितका यादले सताउँछन 

अनायासै मुटु चर्किएर दुख्दा
भावनामा बहकिन्छ यो मन
मायाको गहिराइमा पुग्दा
*******    *******    ******
संसार नै अन्धकार हुन्छ
क्षितिजमा  घाम  डुब्दा
मृत्युले बोलाए झैँ लाग्छ
सं-सांझैमा स्याल भुक्दा
*******    ******    *****
मुटुको धडकन बढी रहयो
निस्ठुरी मायाले धोका दिंदा
खै कसरी सहनु मैले मेरै सामु
अर्कैले  सिन्दुर हाली सजाउँदा 
******   *******    ********
सपनीमा सिरानी रूझयो मेरो
आँखा बाट  आँसु पोखिंदा
अमर प्रेमको कथा बन्छ रे
रगतले इतिहासको पाना पोतिंदा
*******   *******    *******
जहाँ तिमी र म पिरती लाएथ्यौ
जुनी जुनी पर्खी रहने छु त्यै ठाउँमा
तिमीले मेरो चोखो माया लत्याए पनी
यो जिबन अर्पण गर्ने छु मायाको नाउँमा