– मोहनविक्रम सिहं
माओवादीहरुको विस्तारित बैठकका सन्दर्भमा त्यो संगठन भित्र चलिरहेको अन्तरसंघर्षका सन्दर्भमा सर्वप्रथम एउटा कुराको उल्लेख गर्नु आवश्यक छ । त्यो समूहभित्र पहिले पनि अन्तरसंघर्ष चल्ने गरेका छन् । तर तिनीहरु प्रथम सैद्धान्तिक रुपले कम चल्ने गरेका छन् । द्वितीय प्रायशः सम्झौतामा टुंगिने गरेका छन् । त्यसलेगर्दा त्यो समूहभित्र भइरहेका सैद्धान्तिक वा संगठनात्मक विचलनहरु रोक्न ती अन्तरसंघर्षहरुबाट मद्दत पुग्ने गरेको छैन । तर अहिले माओवादी भित्रको अन्तरसंघर्ष अपेक्षाकृत सशक्त र सुदृढतापूर्वक चलेको देखिन्छ । तर त्यो कहाँसम्म दृढतापूर्वक र सैद्धान्तिक रुपमा अगाडि बढ्ने छ कहीं त्यो संघर्ष पनि पहिले झैं टाकटुक रुपमा टुंगिने ता होइन त्यो पछि थाहा हुने कुरा हो ।
अहिले पनि त्यो अन्तरसंघर्षको सन्दर्भमा सिद्धान्त र राजनीतिक लाइनभन्दा एकतालाई बढी महत्व दिने कुरा उठिरहेको छ । त्यसो भएमा माओवादीको अवस्था पनि एमालेको जस्तो हुनेछ जसले एकताका नाममा सिद्धान्त र राजनीतिक लाईनलाई कम महत्व दिने गरियो । फलतः एउटा माक्स्रवादी-लेनिनवादी पार्टीबाट त्यसको पतन भएर गयो । त्यही प्रकारको प्रवृत्ति अर्थात् एकताका नाममा सिद्धान्त र राजनीतिक लाइनलाई गौण बनाउने प्रवृत्तिले र अहिलेको माओवादी भित्रको अन्तरसंघर्षको सन्दर्भमा पनि त्यही प्रकारको प्रवृत्तिलाई अपनाइयो भने अहिलेको अन्तरसंघर्षबाट पनि त्यो संगठनलाई सैद्धान्तिक राजनीतिक वा संगठनात्मक रुपमा सकारात्मक सहयोग नपुग्ने कुरा प्रष्ट छ । माओवादीहरुको विस्तारित बैठकमा उनीहरुको अन्तरसंघर्षको अन्त कुन रुपमा हुनेछ त्यसले माओवादीहरुको भविष्य र काफीहदसम्म देशको भविष्यलाई पनि निर्धारित गर्नेछ ।
सामान्य रुपमा हेर्दा अहिले माओवादीभित्र तीन लाइनको संघर्ष चलेको देखिन्छ । तर त्यो तीन लाइनको संघर्ष नभएर अढाई-लाइनको संघर्ष हो । स्वयं त्यो समूहका तीनैजना नेताहरु प्रचण्ड मोहन वैद्य किरण र बाबुराम भट्टराईका दस्तावेजहरु पढेपछि पनि त्यो कुरामा कुनै शंका रहने छैन । वैद्य र भट्टराईले आफ्नो निश्चित राजनीतिक प्रस्तावहरुमा निश्चित प्रकारको विचारहरु अगाडि ल्याएका छन् । तर प्रचण्डको प्रस्तावमा कुनै लाइन छैन । उनको लाइन वास्तवमा ूमध्यपन्थीू लाइन हो । उनले स्वयं आफ्नो स्पष्टिकरणमा स्वीकार गरेका छन् ः ूउहाँहरु दुवैले मलाई मध्यपन्थी भन्ने गर्नुभएको छ ।ू लेनिनले मध्यपन्थी लाइनलाई अढाई लाइन भनेका छन् । त्यस अनुसार माओवादीभित्रको अन्तरसंघर्ष वास्तवमा आधा लाइनको संघर्ष नै हो ।
प्रचण्डले आफ्नो स्पष्टिकरणमा स्वीकार गरेका छन् २०४७-४८ तिर पनि प्रचण्ड भनेको टाकटुक मिलाउने मात्र हो वास्तविक लिडरहरु अरु हुन् भन्ने चर्चा चर्कै रुपमा चल्ने गर्दथ्यो । त्यो क्रममा उनले यो पनि उल्लेख गरेका छन् धेरै कामरेडहरुले भन्नुभयो अध्यक्षको प्रस्ताव टिपोटको रुपमा मात्र आयो ।प्रचण्डले उक्त दुवै आलोचनाहरुको खण्डन गरेका छन् । उनले अहिलेको आफ्नो दस्तावेज बारे भनेका छन् मेरा दृष्टिमा यो महत्वपूर्ण दस्तावेज हो र अहिलेको आवश्यकता पनि यही हो । तर उनको प्रस्ताव र स्पष्टिकरण पढिसकेपछि उनको प्रस्ताव ूटिपोटका रुपमाू मात्र आएको कुरा प्रष्ट हुनेछ । स्वयं प्रचण्डले पनि आफ्नो प्रस्ताव खालि टिपोट मात्र भएको कुरा महशुस गरेको देखिन्छ । उनले तीनवटा प्रस्तावलाई मिलाएर नयाँ प्रस्ताव लेख्न खोजेको कुरा देखिन्छ । बेग्लै पक्षका प्रस्तावहरु छलफलका लागि औपचारिक रुपले तल गएपछि महाधिवेशन सम्मेलन वा विस्तारित बैठकका मुखमा अर्को प्रस्ताव तयार पार्ने कुरा प्रचलित नियमसित मेल नखाने कुरा हो ।
प्रचण्डले आफ्नो प्रस्तावमा अहिले उनीहरुको संगठनभित्र विवाद भएका कैयौं प्रश्नहरुको उल्लेख गरेका छन् । त्यस सन्दर्भमा उनले गणतन्त्रको स्थापना भइसकेपछि के त्यो नीतिलाई कायम गर्नुपर्ने आवश्यकता छ दलाल र नोकरशाहहरुसंग सहकार्य र संयुक्त मोर्चा सम्भव छ वा छैन उदार र राष्ट्रवादी सामन्तहरुसँग समेत मोर्चाको निर्माणमा जोड दिनु आवश्यक छ कि छैन विस्तारवाद विरुद्धको संघर्ष र आर्थिक विकास मध्ये कुन प्राथमिक हो दलाल नोकरशाहसित मिलेर सरकार बनाउने कुराले वर्ग समन्वय सम्झौतावाद र सुधारवादमा ता लैजान्न तत्काल जनविद्रोहको बाटो लिनु सही हुन्छ वा गलत उनले यही प्रकारका कैयौं प्रश्नहरु उठाएका छन् । ती प्रश्नहरुबाट त्यो संगठनभित्र चलिरहेको छलफलको झलक मिल्दछ । तर प्रचण्डले तिनीहरुबारे आफ्ना तर्फबाट कुनै नीति प्रस्तुत गरेका छैनन् । त्यसबाट उनको प्रस्तावमा कुनै राजनीतिक लाईन नभएको कुरामा कुनै द्विविधा रहन्न ।
वैद्यले आफ्नो दस्तावेजमा लेखेका छन् ः ूलेनिनले मध्यपन्थी अवसरवादलाई दक्षिणपन्थी अवसरवादभन्दा बढी