-केशब पन्थी , अर्घाखाची डट्कम।
पकले – नेकपा एमाले जिल्ला कमिटी सदस्य, सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का तात्कालीन वडा अध्यक्ष तथा जनताकृष्ण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, शैक्षिक, सामाजिक तथा राजनैतिक व्यक्तित्व श्रद्धेय कमरेड ईश्वरी प्रसाद भुसालको दोश्रो स्मृति दिवस सन्धिखर्क ८, पकलेमा सम्पन्न भएको छ ।
नेकपा एमाले सन्धिखर्क नगर पालिका वडा नम्बर ८ को वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य कमरेड नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य द्वय जनार्दन खनाल र सरोज भुसाल, नगर कमिटी अध्यक्ष कमरेड श्रीकृष्ण भुसाल, जिल्ला लेखापरीक्षण कमिटी संयोजक कमरेड नारायण अर्याल, जिल्ला कमिटी सदस्य कमरेडहरु विष्णुमायाँ आचार्य, मिश्रा आचार्य, दीपा आचार्य, देवी थापा र कमला खनाल, नगर कमिटी सदस्य कमरेडहरु यम बहादुर जिसी, पार्वता श्रेष्ठ, प्रभा पोख्रेल र मनकला भुसाल लगायत अतिथिको रुपमा सहभागी हुनुभएको थियो।
पार्टी र जनसंगठनका विभिन्न तहका नेता – कार्यकर्ताहरु तथा स्थानिय जनताको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा कमरेड ईश्वरी प्रसाद भुसालकी जीवन संगिनी जयकला भुसाल, छोरी शिला भुसाल र छोरा जुन भुसालको विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम श्रद्धेय ईश्वरी प्रसाद भुसाल प्रति श्रद्धाञ्जली स्वरूप एक मिनट मौन धारण गर्दै सुरु गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरूद्वारा श्रद्धेय ईश्वरी प्रसाद भुसालको तस्विरमा माला, फूल तथा अबिर अर्पण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कमरेड नरेन्द्र कुमार क्षेत्रीले कमरेड ईश्वरी प्रसाद भुसालको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्दै सहभागी सबैको तर्फबाट श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पार्टी वडा कमिटी अध्यक्ष कमरेड दीपक सुनारको अध्यक्षता र सचिव कमरेड गोकर्ण बन्जाडेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरुबाट कमरेड ईश्वरी प्रसाद भुसालको स्मरणमा जनता कृष्ण माध्यमिक विद्यालय परिसरमा पारिजात लगायतका फूल र एभोगार्डो, अम्बा लगायतका फलफूलका बिरुवा लगाइएको थियो ।
श्रद्धेय कमरेड ईश्वरी प्रसाद भुसालको २०७८ श्रावण १० गतेका दिन कोरोना भाइरको संक्रमणको कारण दुःखद निधन भएको थियो ।