सन्धिखर्कका किसानहरुलाई बाँदरबाट मकै जोगाउन हम्मे हम्मे : सरकारले त देखेन तर यि राजनितिक दलका किसान संघ-संगठन केका लागि रहेछन् ?

1

– शालिकबाबु पोख्रेल

अर्घाखाँची । सन्धिखर्कका धेरै जसो किसानहरुलाई यतिबेला बाँदरबाट मकै जोगाउन हम्मे हम्मे परेको छ । यहाँका किसानहरु मकैको बोटमा घोगा लागेपछि सबै काम बिताएर भएपनी बाँदर धपाउन लागिपरेका छन । “बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ , बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारिमा बस्ने गरेका छाँै ।” सन्धिखर्क २ भलायडाँडाका कृषक ठाकुर प्रसाद पोख्रेलले बताउनुभयो ।

ad

सन्धिखर्क ८ किमडाँडाका कृषक उमकला बन्जाडेले बाँदरले आफ्नो धेरैजसो मकैबाली नष्ट गरेपछि पिर मान्दै श्रम र लगानी खेर जाने भएपछि खेतबारी बाँझै राख्नुपर्ने अबस्था आउन लागेको दुखेसो गर्नुभयो । सन्धिखर्कका ठाकुर पोख्रेल र उमकला बन्जाडे पीडित कृषकको प्रतिनिधि पात्र हुनुहुन्छ ।

Attacks on crops: Himachal hires experts to study changing eating habits of monkeys | Latest News India - Hindustan Times

बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन पनि किसानका लागि अर्को चुनौती बनेको छ । खेतिबाली फलाउन मात्र नभएर बाँदर धपाउन कृषकको श्रम, पसिना र समय समेत खर्च हुने गरेको छ ।1

आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । कृषकले खाना र खाजा खाने समय समेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्याइदिनुपर्ने बाध्यता रहेको सन्धिखर्क –२ भलायडाँडाका कृषक भेषराज बन्जाडेले बताउनुभयो । खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात नास गरिदिने गरेको छ ।

बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै नष्ट गरिदिने गरेको सन्धिखर्क–८ का अगुवा कृषक पुष्करनाथ बन्जाडेले बताउनुभयो । स्थानिय तहले खेतियोग्य जमिन बाँझो राखेको खण्डमा दोब्बर कर लिने कार्ययोजना बनाएको कार्य प्रती कृषक दुर्गा चुँदालीले आक्रोश ब्यक्त गर्नुभयो । लगाएको खेतिबालीनै भित्राउन नपाएपछी जग्गा बाँझो छोड्नुको बिकल्प नभएको चुँदालीले बताउनुभयो ।

No photo description available.

आहाराको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन् । कानुनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ । हिँउदको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

May be an image of grass

वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरू कामधन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुने गरेका छन । केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन । बाँदर आतङ्क देशैभरका कृषकको साझा समस्या हो । त्यसैले सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक छ ।

No photo description available.ad

अन्य समाचारहरु