दाङ- रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ ।
लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ ।
गत असार २६ गते विषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए । बिमलाको अवस्था जटिल बनेपछि थप उपचारका लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो । उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।