पालुङटार एक थान रुमाल दुई दाना सुन्तला र महाविपत्ति

 ऋतुराजएकजना कमरेड अहिले पालुंगटार पुगेको छ । अंस्ति यसो मोवाइलका अंकहरु थिच्दैजांँदा उसकोमा गएर घण्टी बज्यो । हेलो गरेपछि मैले सोधें- के छ कमरेड पालुंगटारमा हो कि कता हो उसले भन्यो- अंँ पालुंगटारमा हो । अरु के हुनु उपहारको सुन्तला खाएँं उपहारमै पाएको रुमालले हात पुछें । समाचार त सुनेका छौ नि टेलिभिजनमा मेरो अनुहार देखाएको छ कि छैन मैले भनें- यता त समाचार आउने बेलामा लोडसेिडंग छ । विजुली जति पालुंगटारमा लगेर गयौ । केको हेर्न पाउनु  महाविपत्ति पो छ त ।

 

ए तिम्ले सम्झाइहाल्यौ महाविपत्तिको नाम । महाविपत्ति त हामीले अब लिएर आउँंदै छौं । सुनेनौ अध्यक्ष कमरेडले भाषणमा महाविपत्तिको कुरा उठाएको  साथीले भन्यो । ल महाविपत्ति लिएर आए पनि आऊ तर महासुन्तला भने ल्याउन नभुल्नु । त्यहांँ एक्लै खाने होइन नि । अनि रुमाल पनि लिएर आउनु । त्यतै नविस्रनु । त्यसको निकै चर्चा चलेको छ । यसो हामीले पनि दर्शन गर्नुपर्ला । मैले भनेर फोन राखिदिएंँ ।

 

आफूले लोडसेिडंगलाई महाविपत्ति ठानेको त साथीले त्योभन्दा डरलाग्दो महाविपत्ति ल्याउने कुरा गर्दैछ ।

 

रुमालसहित दुई दाना सुन्तला हातमा थाप्दै पालुंगटारको कार्यक्रमस्थलमा पुगेका एमाओवादी नेताले मुलुकमा महाविपत्ति आउने कुरा सुनाएका छन् । सानोतिनो आपत-विपत त देशमा आई नै रहेको छ । युद्ध कालमा केही ठूलो आपत आएको छ भन्ने गर्थे नेताहरु । अंस्ति बजेट ल्याउंँदा पनि सानोसानो विपत्ति आयो भनेर मिडियाले लेखेका थिए । तर पालुंगटारको प्लेनमले त महाविपत्तिकॊ कुरा पो उठाउंँदै छ ।

 

कस्तो होला त्यो महाविपत्ति भनेर मैले जान्न चाहें । यो बारेमा एकजना माओवादी इतर दलका खर्रांट नेतालाई सोधेको थिएं । उनले भने- के हुनु  माओवादीले विपत्ति बाहेक अहिलेसम्म के ल्याएको छ र  उही आन्दोलन तोडफोड चक्काजाम आम हडताल यही गर्ने भनेको होला नि मैले सोधॆं- महाविपत्ति भनेको यत्ति नै हो कि अरु पनि केही हो  यो त सामान्य आपत्ति भएन र उनले भने- कहांँ सामान्य हो  बजेट पेस गर्न गएका मन्त्रीको हातबाट सुटकेश खोस्ने हातपात गर्ने कुरा महाविपत्ति हैन  धन्न धुलो पिठो पारेनन् मैले सोधें- गोर्खा जानु अघि नै उनीहरुले विपत्ति खडा गरिदिएछन् । झन् त्यहांँ गएपछि महाविपत्ति निम्ताउने कुरा उठिरहेको छ । महाविपत्ति आयो भने त्यसलाई कसरी थेग्नुहुन्छ नि उनले भने- कसरी थेग्ने भन्ने कुरा हामीलाई थाहा छ । हामीसंग त्यसको नेटवर्क छ । तर के कुरा बुझ्नु भने नेताहरुले महाविपत्ति भने पनि महाआपत्ति भने पनि हुनेवाला केही छैन । कार्यकर्तालाई भ्रममा राख्नको लागि नेताले चर्को श्वरमा महाविपत्ति भनेका हुन् । उनीहरुले कस्तो विपत्ति निम्ताउँंछन् भन्ने कुरा हामीलाई सबै थाहा छ । कागको पछि दगुर्ने नभई कान छामेर बस्दा हुन्छ । माओवादीका नेताहरुले बुर्जुवा सत्ता साचालकलाई कागजी बाघ भन्थे । कार्यकर्तालाई खुबै रटाउँथे । तर खास कागजी बाघ उनीहरु नै हँुंदारहेछन् भनेर त धेरै घटनाक्रमले देखाइदिएको छ । प्रचण्ड नेतृत्वको एमाओवादीले पनि देखाइदिएको छ । श्वरमामात्र महाविपत्ति हो ।

 

त्यसो भए यो भनिएको महाविपत्तिसंग तपाईंहरु कत्ति पनि डग्मगाउनु भएको छैन  मैले फेरि सोधें ।

 

किन डग्मगाउनु  एमाओवादीले जे भन्छ त्यससंग डग्मगाउन थाल्ने हो भने हामी ०५६ को हाराहारीमा नै भागिसकेका हुन्थ्यौं । खोई अहिले पनि हामी अटल छौं । सम्विधानसभामा एमाओवादीले बढी स्थान जितेर के गर्यो  सत्ता हामीले ने हांँकेका छौं । अझ उनीहरुकै अगाडि हेर्दा हेर्दै उनीहरुले नै दुई स्थानबाट हराएका माधब बाबुलाई यो देशको प्रधानमन्त्री बनाइदियौं । उनीहरुको एजेण्डा सम्विधानसभालाई एकपटक तुहाइदियौं । अर्कोपटक तुहाउन पनि अब केही महिनामात्र बांँकी छ । सरकारमा एमाओवादीको नेतृत्व हुन नपाओस् भनेर राजीनामा दिएको सरकारलाई यो वा त्यो बहाना झिकेर तिगडम रचेर टिकाएका छौं । अहिलेसम्म उनीहरुले कहाँं के जितेका छन्  जताततै जीत हाम्रो नै भएको छ । त्यसैले उनीहरुले महाविपत्ति भनुन् कि महाआपत्ति भनुन् त्यो सबै भन्नका लागि भनिएको शब्दावलि हो । हामीलाई त्यस्ता भ्रमपूर्ण शब्दले केही छुंँदैन । काग कराउँंदै गर्छ पिना सुक्दै गर्छ ।

 

मैले भनें- उसो भए पालुंगटारको माओवादीको प्लेनम कार्यकर्ता थुम्थुमाउने जमघटमात्र हो त  चारहजार नेताहरु जुटेको र उनीहरुले अघि सारेको महाविपत्तिको सन्देश तपाईंको लागि केही पनि होइन  केही चिन्ता लिनुभएको छैन विल्कुल छैन । उनले भने ।

 

उनी बाटो नापेपछि मैले एकजना अर्का नागरिक समाजका अगुवालाई सोध्न पुगें । उनले भने- एमाओवादीले यो देशमा केही काम गर्छ कि भन्ने बल्ल लाग्न थालेको छ । पुराना दलहरुबाट देशलाई पुरानै बाटोमा डोराउने काम अहिले भइरहेको छ । काटिकुटी पुरानो बाटोमा िहंड्न थालेको यो अवस्थामा उनीहरुलाई रोकेर माओवादीले नयाँं नेपालको बाटोमा िहंडाउनुपर्ने दायित्व आएको छ । त्यसको लागि महाविपत्ति एकपटक ल्याउनै पर्छ । यसको लागि हामी नागरिक समाजले स्वागत गर्नुपर्छ ।

 

त्यसो भए यो मुलुकमा एकपटक फेरि महाविपत्ति निम्तोस् भन्ने चाहनुहुन्छ  मैले सोधें ।

 

पानी पर्नको लागि प्रचण्ड गर्मी आउनु पर्छ । समुद्रको पानी वाष्पिकरण हुनुपर्छ । चर्को खडेरी पर्नुपर्छ । मानिसहरु गर्मीले खल्खली हुनुपर्छ । तबमात्र धरतीमा पानी पर्छ । सितल हुन्छ । जमीन उर्वरक हुन्छ । अनाज फलफूल उत्पादन हुन्छ । प्राणीले पेट भर्ने आधार बन्छ । त्यसैले एकपटक महाविपत्ति आउनै पर्छ । उनले दर्शन मिसाएर महाविपत्तिको वकालत गरे ।

 

मैले बल्ल साथीले गोर्खाबाट महाविपत्ति ल्याएर आउने कुराको अर्थ बुझें । दुई दाना सुन्तला सगुनको रुपमा किन त्यहांँ दिइयो भन्ने कुरा बुझें । माक्स्र देखि माओहँुंदै प्रचण्डसम्मका तस्विर अंकित रुमाल किन उपहार दिइएको होला भनेर बुझें । त्यो त समृद्ध नेपाल बनाउनको लागि महाभूकम्प वा महाविपत्ति ल्याउनको लागि पो रहेछ । कतिबेला ल्याइपुराउने हो त्यो महाविपत्ति अब त्यसलाई पर्खेको छुं । त्यस्तो महाविपत्ति ल्याउने ठाउंँमा आफू जान नपाएकोमा अहिले चुकचुकी भने लागेको छ ।