– दुर्गा पौड्याल
नेपालबाट अमेरिकातिर गएर आउने मान्छेहरु भन्ने गर्छन् म अमेरिका गएको चार वर्ष भयो यो समयाबधिमा मैले विजुली गएको थाहा पाइन । त्यहाँ कुनै पनि काम विजुलीका कारण रोिकंदैनन् । अँध्यारोमा बस्नु पर्दैन । आँधी बेहरी आएर प्रसारण विग्रंदा पनि अन्य विकल्प गरिहाल्छ सरकार । सरकार चुस्त दुरुस्त छ । सुन्दा पनि कस्तो रहर लाग्ने । अनि तुलना गर्न मन लाग्ने अन्य विकसित देशहरुसंग हाम्रो देशको । विदेशीहरु न्ोपालको प्राकृतिक सुन्दरता देखेर लोभिन्छन् र लाखांै रुपैया खर्चेर नेपाल भ्रमणमा आउँछन् । हामी नेपालीहरु यति पर्यटन आए भनेर मख्ख पर्छौ र त्यसैमा रमाउँछौ । यो देशमा उनीहरुले भए कति विजुली उत्पादन गर्थे र के कस्तो विकास गर्थे र देशलाई कस्तो बनाउँथे कल्पना गर्न पनि सिकंदैन । तर यहाँ २४ घण्टामा १६ देखि १८ घण्टासम्म लोडसेडिङमा बस्नुपर्छ नागरिकहरु । सरकारबाट हुने अन्य उपायको त कल्पना पनि गिरंदैन ।
पोहर सालको कुरा हो भैरहवामा राष्ट्रिय उद्योग ब्यापार संघको मेला उद्घाटनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा घटना सुनाएका थिए । यो मंसिरकै महिना भन्दा अगाडि देखि शुरुभएको लोडसेडिङ्ले मलाई त्यो कुरा याद दिलायो । उनले भनेका थिए त्यतिबेला गल्फ देशका एकजना धनाढ्य ब्यक्तिले नेपालमा जनयुद्ध लडेर शान्ति प्रकृयामा आएको पार्टी माओवादीको सरकार छ । त्यसका नेता प्रचण्ड नेपालका प्रधानमन्त्री छन् अहिले भन्ने थाहा पाएका रहेछन् । उनलाई प्रचण्ड कस्ता रहेछन् भनेर हेर्ने इच्छा भएछ । ती ब्यक्ति नेपाल आउन र प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई भेट्न अति उत्सुक भएछन् र आपुनो नीजि विमान चढेर नेपालमा घुम्न आएछन् । विमानबाट उनले नेपालका हरेक हिमाल पहाड तराई नदी नाला वन जंगल सबै हेरेछन् अनि प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेछन् र प्रचण्डसंग भेटेर भनेछन्- तपाइँहरु निकै भाग्यमानी हुनुहुन्छ । यस्तो देशमा जन्मनु भयो । नेपाल साह्रै राम्रो देश रहेछ । प्रकृतिले नै नेपाललाई िसंगारेको रहेछ । हाम्रो देशमा त एउटा विरुवा हुर्काउन पनि कयांै खर्च लाग्छ । एउटा रुख हुर्काउन हरेक विरुवाको फंेदमा पानीको पाइप जोड्नुपर्छ तर यहाँ विरुवाहरु आफै उमं्रदारहेछन् र आफै हुकर्ंदा रहेछन् । त्यसैले यो देशलाई टयाक्स फि्र गर्नुपर्छ र संसारभरि पैसा कमाएर यहाँ आएर खाने र बस्ने ठाउँको रुपमा विकास गर्नुपर्छ । उनले यहाँ विकासकानिम्ति गर्न सकिने सम्भाब्यता देखेर त्यसो भने होलान् सायद । हुन पनि यस्तो ठाउँ अरु उनीहरुले पाएको भए अर्कै बनाइसक्थे । तर हामी नेपाली माल पाएर चाल नपाएका छांै र केवल सत्तालाई नै ठूलो मानेर रातदिन लडिरहन्छौ ।
वास्तवमा यो देश छ पनि त्यस्तै । यो त एउटा प्रकृतिको सुन्दर फूलबारी हो । यो देशलाई न त नेताहरुले नै चिने न त शासकहरुले चिने । सबैले यसलाई कुरुप पार्ने काममा मात्र लाग्दै आएका छन् । बनका काठपात देखि बन्यजन्तु मास्नेमा हरेक कालखण्डमा मन्त्री देखि सबै तहका कर्मचारी र राष्ट्र सेवक भनिएकाहरुको हात हुने गरेको छ । नदी नाला छन् प्रसस्त िसंचाईंको सुविधा र सबैलाई विजुलीको पहुँच छैन । जेनतेन पहँुच पुगेकाहरुले पनि दैनिक १६÷१७ घण्टा अंध्यारोमा बस्नु पर्ने बाध्यता छ । देश जलश्रोतमा धनि छ । तर यही देशमा हुन्छ सधै लोडसेडिङ् । लोडसेङिडका कारण उद्यमी ब्यापारी देखि विद्यार्थी र सर्वसाधारण मानिसलाई अप्ठ्यारोमा पारेको छ ।
कम्प्युटरमा केही काम गर्न बस्यो प्याट्ट लाइन जान्छ । जव साँझ खाना बनाउने समय हुन्छ प्याट्ट लाइन जान्छ । जुनबेला उज्यालोको आवश्यकता पर्छ त्यति बेला अंध्यारो हुन्छ । विजुलीको बल्व हेरेर दैनिकी चलाउनु पर्छ । उज्यालोको बानीले अंध्यारोमा काम गर्न कति अप्ठयारो हुन्छ त्यो सबैले महशुस गरेकै कुरा हो । मंसिर महिनामै २९ घण्टा लोडसेडिङ भएपछि गर्मी लागेपछि झन् के हालत होला अनुमान गर्न सिकंदैन । देशलाई राजनीति र भ्रष्टाचारले खायो । हरेक कुरामा राजनीति छ । हरेक काममा राजनीतिक हस्तक्षेप हुन्छ । यो परिपाटीले कुनै पनि काम राम्रोसंग अगाडि बढ्दैन । एउटा पार्टीका कार्यकर्ता मािरंदा अर्का पार्टीका कार्यकर्ताको विरोध शुरु हुन्छ । अनि शुरु हुन्छ बन्द हडताल चक्काजाम तालाबन्दी । अहिलेसम्म यस्तै देिखंदै आएको छ । विशेषगरि २०४६ देखि अहिले सम्मका दिनहरुमा ।
एकातिर दैनिक लोडसेडिङ् अर्कोतर्फ गैर जिम्मेवार सरकार । गैर जिम्मेवारमात्र होइन सरकारै छैनभन्दा हुन्छ । काम चलाउले पनि राम्रो काम गरे त बेसै हुन्थ्यो । कमिशन खान पाए गैर कानुनी काम पनि गर्न पछि पर्दैन । उदाहरण छ भर्खरै चर्चामा आएको जहाज खरिदको काण्ड । जनता अंध्यारोमा बसुन् कि उज्यालोमा कुनै मतलव छैन । मन्त्री निवासमा कहिल्यै विजुली जाँदैन । त्यसैले उनीहरु सोच्दा हुन् कोही मानिस अँध्यारोमा बस्छन् र हो भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ रे । उज्यालोमा बस्न पाएकाले अरुको अंध्यारो कसरी देखुन् गर्मी शुरु नहँुदै बिजुलीको यो अवस्था छ भने गर्मी शुरु भएपछिको अवस्था कस्तो हुने हो यस्तै अवस्था रह्यो भने कुनै दिन बिजुलीको वायरिङ् र झुण्डाइएका बल्व हेरेर चित्त बुझाउनु पर्ने अबस्था नआउला भन्न सकिन्न । बिजुली बाल्न नपाए पनि भुक्तानी समयमै तिर्न परिरहेको हुन्छ । जताबाट पनि दुख कष्ट सर्वसाधारणलेनै सहनु परिरहेको हुन्छ ।
यो देश साँच्चै नै जलश्रोतमा धनि छ । यहाँ पानीका अनेक मुहान छन् । बाहै्रमास बग्ने खोला र ठूला साना नदीहरु छन् । भनिन्छ बिद्युत उत्पादनका लागि यहाँ ठूला-ठूला रिजर्भभायर बनाउने आवश्यकता पनि नेपालमा त्यति पर्दैन । पहाड थुनेरै रिजर्भभायर बन्न सक्छन् । यहाँ बिजुली उत्पादन गर्न निकै सजिलो पनि छ । साना साना खोल्सा खोल्सीमा बग्ने पानीबाट पनि एक दुई गाउँलाई झलमल पार्ने बिजुली उत्पादन गर्न सकिन्छ । तर बिडम्बना भनौ वा नेपाली जनताको दुर्भाग्य जुन देश पानीका लागि धनि छ उही देशका जनतालाई अंध्यारोमा बस्नुपर्छ ।
यी त भए नयाँ उत्पादन गर्ने बिद्युत आयोजनाका कुरा । नयाँ उत्पादन गर्ने कुरालाई छाडेर बनिसकेका संचालनमा भएका र एकपटक संचालनमा आएर मरम्मत संभार बिना बन्द हुन पुगेका आयोजनाहरुलाई सामान्य लगानी गरेर मरम्मत संभार गरी पुनः साचालनमा ल्याउने हो भने पनि यहां लेाडसेडिङ्को समस्या हल हुन सक्ने बताइन्छ । देशमा शान्ति सुरक्षाको ब्यवस्था राम्रो भएमा यस्ता सानातिनाखाले बिकास निर्माणका काम नीजि क्षेत्रको लगानीमा पनि हुन सक्थे । तर अहिलॆ देशमा कुनै पनि उत्पादनमुलक क्षँेत्रमा लगानी गर्न मानिसहरु डराउँछन् । यदि देशमा शान्ति र सुब्यवस्था कायम भएमा नीजि क्षेत्रबाट भएको उत्पादनले पनि नागरिकलाई धेरै राहत पर्याउने थियो । तर त्यतापट्टी सोच्ने र्फुसद कुनै पनि पार्टी नेता वा सरकारलाई छैन ।
देशले अझै प्रधानमन्त्री पाउन सकेको छैन काम चलाउले काम चलाइरहेका छन् । आफु काम चलाउ भएको महशुस माधव नेपालले पटक्कै गरेका छैनन् । प्ाार्टीहरुबीचको द्वन्द्वएक अर्काप्रति विश्वासको कमि पूर्ण सरकार नभएको अवस्था यो अवस्था भनेको देशको लागि खराव अवस्था हो । यसबीच पनि पुरक बजेट ल्याइयो । कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले ३ खर्ब ३७ अर्ब ९० करोडको पूर्ण बजेट राष्ट्रिय योजना आयोग िसंहदरबारमा आयोजित विशेष समारोहमा पेश गरे । सहमति विपरित बजेट ल्याएको भनेर माओवादीले बिरोध जनाए । सहमति गर्दा एकथोक र बजेट पेश गर्दा अर्कोथोक भयो भनेर माओवादी सभाषदहरुले विरोध जनाएको भनिएको छ । किन त्यस्तो भयॊ त्यो उनै जानुन् । तर सरकार पार्टीहरुका यस्ता कृयाकलापले सन्देश राम्रो िदंदैन । एउटा नागरिकले हैसियतले हेर्दा पक्कै तीन दलबीचको सहमतिमा विश्वासघात भएको देखिन्छ । नत्र आफैले पूर्ण वजेट ल्याउन सहमति दिएको भए माओवादीले त्यसको विरोध गर्ने थिएन होला । कुनै पनि इमान्दार पार्टी वा ब्यक्तिले त्यस्ता काम गर्दैनन् । पूर्ण बजेट ल्याउनु नै थियो भने पहिला नै कांग्रेसका रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा भोट दिएर जिताएको भएहुन्थ्यो । अहिलेसम्म नयाँ सरकारले पनि पूणता पाई सक्थ्यो । उनी पन्द्र पटकसम्म हार नमानी प्रधानमन्त्रीका लागि एक्लो उम्मेदवार भएर लडिरहेका छन् । माओवादी बाहेकका अन्य दल मिलेर रामचन्द्रलाई जिताएको भए पनि त हुन्थ्यो । बहुमत पुगिहाल्थ्यो । बहुमत भएपछि बलियो सरकार बन्थ्यो । त्यसपछि जस्तो बजेट पेश गरेपनि बिरोध जनाउने अवस्था रहने थिएन ।
नयाँ सरकार बनेपछि जस्तो र जत्रो वजेट पनि पेश गर्न पनि पाइन्थ्यो । प्रधानमन्त्री चयन गर्दा भने तटस्थ बस्&