काठमाडौं । सरकारले संघीय शिक्षा ऐन सम्बन्धि विधेयक स्वीकृत गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो ।
संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ ।
मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताउनुभयो ।
सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।