साउदी अरेबियाले आतंकवादी संगठन अल कायदासँग आवद्ध भएको आशंकामा आठ महिनाको अवधीमा १ सय ४९ जनालाई पक्राउ गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता जनरल मन्सुर अल तुर्कीले अलकायदासँग सम्बन्धित भएको आशंका विगत आठ महिनाको अविधीमा १ सय २४ जना साउदी नागरिक र २५ विदेशी नागरिकलाई गिरफ्तार गरिएको जनाएका हुन्।
उनले पक्राउ परेकाहरुले सरकारी र सुरक्षा कार्यालयमा आक्रमणको योजना बनाएको दाबी पनि गरे। साउदी सरकारका अनुसार गिरफ्तारीमा परेकाहरुको सम्बन्ध यमन, सोमालिया र अफ्गानिस्तानको अल कायदा समूहसँग रहेको छ।