काठमाडौं । सोमबार साँझदेखि सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–चितवन सडकखण्ड अझै खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडकखण्डको टोपेखोला नजिकै सोमबार राति ८ बजे पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउने काम भईरहेको जनाएको छ ।
मध्यान्हसम्ममा सडक खुल्न सक्ने चितवन ट्राफिक कार्यालयले जनाएको छ । सो सडकखण्ड यो वर्ष मात्र ६ पटक अवरुद्ध भइसकेको छ ।