काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि मन्त्रालयले महानिर्देशक अधिकारीलाई अध्यागमनको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको गृहमन्त्रालय स्रोतले जनाएको छ । अधिकारीलाई मन्त्रालयको जगेडामा राखिएको छ ।
अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक बनेकन थिए । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।