अर्घाखाँचीको धातिवाङमा धारिलो हरियार प्रहार गरि श्रीमानद्धारा श्रीमतीको हत्या


– वीरेन्द्र केसी

 

अर्घाखाँची – घरमा सगै सुतिरहेको बेला श्रीमनले आफनै श्रीमतीको हत्या गरेका छन । जिल्लाको धातिवाङको धातीवाङ्ग गाउँका स्थानीय ७७ वर्षीय मन बहादुर क्षेत्रीले आफनै ६२ वर्षीय श्रीमती खगीको हत्या गरेको प्रहरीले जनाएको छ ।
 
मंगलवार राती सगै सुतिरहेका बेला एक आपसमा भएको सामान्य भगडाले उग्ररुप लिएपछि रिसको झोकमा धारिलो हरियार प्रहार गरि हत्या गरेका छन । उनले श्रीमतीलाई टाउको र घाटीमा प्रहार गरेपछि खगीको घटनास्थलमै मृत्यु भएको हो ।
 
प्रहरी नायव उपरीक्षक बुद्धिराज गुरुङ्गका अनुसार मन बहादुरले सधै मदिरा सेवन गरेर श्रीमतीसँग झगडा भैरहने गरेको थियो । मंगलवार बेलुका उनले अध्यधिक रुपमा मदिरा सेवन गरेकाले दुवैजना झगडा गर्दै सगै सुतिरहेका थिए । मध्य रातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए ।
 
श्रीमतीको हत्या गर्ने मन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 

 






Copyright 

अन्य समाचारहरु