काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई परिपत्र गरेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न ७ सय ५३ वटा पालिकालाई परिपत्र गरिएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोकिएको छ ।
ऐनको दफा २८ बमोजिमको स्थानीय बजार अनुगमन समिति समेत सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको विभागद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।