काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा थप छानबीनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएको छ ।
सो सुन प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको सिआइबीले आचार्यलाई हङकङ पठाएको हो । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
उक्त सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै सिआइबीले पत्राचार गरेपछी हाल इन्टरपोलको सहायतामा सुन प्रकरणको छानबीन गरिरहेको छ । प्रहरीले अहिेलेसम्म २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।