-काशिराम घिमिरे
काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको पबित्र चाडपर्व अन्तर्गत जनैपूणिर्मा एउटा महत्त्वपूर्ण पर्वमा पर्दछ।यो पर्व हरेक बर्ष श्रावण शुक्ल पूणिर्माको दिन मनाउने गरिन्छ।यसलाई ऋषितर्पणी अर्थात जनैपूणिर्मा भन्ने गरिन्छ ।
हरेक चाडपर्व हरुको उत्तिकै महत्व छ।हरेक चाडपर्व हरुको बिधि संस्कार परम्परा हरु आ आफ्नै महत्व बोकेको पाइन्छ ।हाम्रो हिन्दू सस्कार परम्परा अनुसार हरेक पर्वहरु आफन्त जन भेट भएर सफाशुद्ध भएर संस्कृती बिधि परम्परागत रुपमा पूजागरी रमाइलो साथ मनाउने चलन छ। जसले गर्दा आफन्तजनमा सस्कार परम्परा बस्ने आत्मीय हुने नजिकहुने संस्कृती परम्परा हरु दोस्रो पुस्तामा हस्तान्तरण हुने गर्दछ। हाम्रो संस्कृती हाम्रो सस्कार हाम्रो बिधि हो! हाम्रो परम्परा हो ।यो हामिले अधिल्लो पुस्ताबाट यसको ज्ञान लिनेगर्दछौं र दोस्रोपुस्ता हुँदै यसलाई जिवित राक्दछौ। यो हामी सबैको कर्तव्य हो।
हिन्दु परम्परा अनुसार आफुभन्दा ठुलोलाइ सम्मान र सानोलाइ माया गर्ने चलन छ ।यो हाम्रो संस्कृती हो।
यसचाँडको विधि अनुसार धागोलाइ विशेष रूपमा बाटी जनै बनाउने वा बाटने चलन छ। उक्त जनैलाइ ऋषि तर्पणी अर्थात जनैपूणिर्माको दिन ताल, तलाउ ,नदिनालामा गइ, स्नान गरि सत्य ऋषि सहित बर्मा, बिष्णु ,महेश्वर को पूजागरी आबस्यक विधि अनुसारपन्डितबाट उक्त जनैलाइ विशेष मन्त्र बाट पूजि बिधिपुर्वक मन्त्र श्लोक येनवद्रो बलिराजा दानबेन्द्रो महाबल ,तेन त्वा प्रती वध्रामी रक्षेमा चलमा चल भनिआफ्ना गुरुबर्ग बाट बिधिले उक्त जनै लगाउने गरिन्छ।जनै डोरो लगाउदा सम्पुर्ण नकारात्मक तत्वबाट सुरक्षा हुने गर्दछ भन्ने मान्यता छ।
उक्त पूजेको जनै तथा डोरो आफ्ना गुरु पुरेत साथै ज्वाइँ तथा भान्जाहरु बाट पनि लगाउने गरिन्छ।उक्त जनै डोरो बाधिसकेपछी गुरु पुरेत ज्वाइँ भान्जाभान्जिलाइ टीका लगाइ दक्षिणा दिने चलन छ।उक्त बाधिएको डोरोलाइ तिहारको गाई पूजा सम्म राखी त्यही डोरोको धागोले गाइलाइ पूजागरी गाइलाइ उक्त डोरोको धागोले मालाउनी गाइको घांटिमा लगाइदिने चलन छ ।पौराणिक रुपमा हेर्दा सत्ययुगमा दानवबाट लखेटिएका देवगण लाई गुरु बृहस्पतिले रक्षा बिधानतयार गरिजोगाएर वामन अवतार बिष्णुले राजा बलिलाइ डोरो बाँदी बचनबद्ध गराएर तिनै लोक लिएको धार्मिक किम्बदन्ती रहेको छ ।
यो दिनमा देशका विभिन्न धार्मिक स्थलहरु मातातिर्थ, गोसाइँकुण्ड, पशुपति नाथ लगायत देश भरका धेरै ठाउँमा मेलालाग्ने गर्दछ उक्त ठाउँमा गइ जनै पूजि लगाउने गरिन्छ।जनै लगाउने पुरुष कर्मचलेको योग्य ब्याक्ती हुनुपर्छ ।उक्त ब्याक्तीको बर्तबन्ध संम्बन्धि कार्यक्रम भएपछी आफ्नो सस्कार अनुसार हरेक दिन स्नान गरि मन्त्रपढनु पर्छ।जनै आफ्नो कर्म चलेपछि अटुट रुपमा आफ्नो सरिरमा लगाउनुपर्छ ।तर जुठो सुतक पर्दाभने उक्त जनै बिटिलो हुने हुनाले चोखिएपछी अर्कोशुद्ध जनै लगाउनुपर्छ ।
यसको परम्परा अनुसार विभिन्न ठाउँ विशेष अनुसार फरक फरक हुन्छ।पहाडमा विशेष गरि जनै तथा डोरो लगाउने चलन रहन्छभने तराईको क्षेत्रमा आफ्नो दाजुभाइलाई दिदिबहिनीले राकी बाद्ने चलन छ ।जसले गर्दा दाजुभाइको आयु लामो हुने र दिदिबहिनी र दाजुभाइको संम्बन्ध प्रगाढ हुने धार्मिक बिश्वास रहेको पाइन्छ।
रक्षा बन्धन हाम्रो सस्कृती अन्तर्गत विशेष चाड पर्वहो यसमा आफ्ना परिवार नातागोता इष्टमित्र हरु आफसमा भेट भएर रमाइलो साथ मनाउने गरिन्छ ।यश पर्वमा विशेष गरि विभिन्न एघार थरी मिलाएर केही दिन अगाडि भिजाएको गेडागुडी लाई टुसा उमारी उक्त गेडागुडीलाई रक्षाबन्धनको दिन राम्रोसँग पकाइ परिवार आफन्तजन भेटभइ रमाइलो साथ खाइ मनाउने गरिन्छ।उक्त क्वाटी खानाले सरिरमा तातो रहने शरीर स्फुर्त रहने बिश्वास छ।
यसरी हाम्रो हिन्दु धर्म शास्त्र परम्परा अनुसार धागोलाई बाटी जनै बनाउने वा बाटने देखि यसको लगाउने विधि मन्त्र हरु पूजा पाठ हाम्रो हिन्दु परम्परागत रुपमाहरेक विधि अनुसार हुने भएकोले यसको धार्मिक सास्कृतिक सामाजिक महत्त्व रहेको पाइन्छ।
जसले गर्दा यसको महत्त्व धर्म सँग जोडिएको छ।
उक्त जनै तथा डोरो मन्त्रसाथ लगाऊँदा आफ्नो सरिरको रक्षा गर्ने सुरक्षा गर्दछ भन्ने धार्मिक बिश्वास रहेको छ।यसको विधि परम्परा हरुबारे हामी हिन्दू धर्मावलम्बीले लगाउने जनै लगाउने मन्त्र जप तप श्लोक ज्ञान बिधिबारेपन्डितगुरु अग्रज बाट सिक्नु अनिवार्य छ ।अग्रजहरुले आफ्ना सन्तती हरुलाइ आफ्नो धर्म संस्कृती बारे सिकाउनु पर्छ।यो हाम्रो धर्म संस्कृती हो। नियम हो। यो हाम्रो एउटाअनुशासन पनि हो।यसलाई मानौं जानौ संरक्षण गरौँ । यो हामी हिन्दु धर्मावलम्बी सबैको कर्तव्य हो। हरेक पूजापाठ गर्दा कर्म चलेको ब्यक्ती आवस्यकहुने हुँदा रक्षाबन्धनको धेरै महत्त्व छ।
– लेखकद्वय : काशिराम घिमिरे,अर्घाखाचीका डट्कमका नियमित स्तम्भकार हुनु हुन्छ।