नेपालको चुच्चे नक्सा बुच्चे देखाइदिएपछि बालेन्द्रले रद्द गरे चीन भ्रमण

1

काठमाडौं  । महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालले जारी गरेको चुच्चे नक्सलाई बुच्चे देखाइदिएको भन्दै उत्तरी छिमेकी चीनसँग आक्रोश पोखेका छन्।

Here are the key highlights of Balen Shah's election manifestoad

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको छ।

नेपालले  २०७७ जेठ ७ भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो।

तर चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेको भन्दै बालेन रिसाएका हुन्। उनले नेपालको बुच्चे नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाए।

‘नेपाली भूभागलाई  चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ’, उनले भनेका छन्, ‘त्यसैले आज (बिहीबार) चीनको निमन्त्रणामा  हुँदै गरेको मेरो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

 

ad