काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।
उनले महानगरको गाडी सरकारले रोकेको भन्दै आगामी दिनमा त्यस्तो भए सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
आक्रोश पोख्दै उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’