भिक्टरले ‘बोल्ड डिसिजन’ गर्ने भने लगत्तै ‘रुटिन अफ नेपाल बन्द’ को पेज ‘सट डाउन’

1

काठमाडाैं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो ।

RONB Instagram

सोमबार दिउँसो उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको छ । उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’ पेजवारे पाठकलाई कुनै सूचना दिइएको छैन ।

ad
मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको थियो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन ।
1

बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो । विवादमा परेपछि रुटिनले अस्थायी रुपमा पेज बन्द गरेको हो । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि रुटिन अफ नेपाल बन्दले उनको पक्षमा लविङ गरेको थियो । बालेन मेयर बनेपछि पनि सो पेजले उनको समर्थनमा लेख्ने गरेको छ । बालेन र भिक्टर नजिकका साथी हुन् ।

ad